back
CTIZAN AD

बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने

वि.सं.२०८२ वैशाख १६ मंगलवार

900 

shares

काठमाडौं । विश्व शान्तिका अग्रदूत भगवान् बुद्धको २५६९औँ जन्मजयन्तीका अवसर पारेर बौद्धमा विविध कार्यक्रम गरी मनाइने भएको छ ।

बौद्धनाथ क्षेत्र विकास समिति तथा अन्य बौद्ध सङ्घसंस्थाको समन्वयमा बौद्ध महास्तूपाको अस्तुसहित विश्व शान्ति यात्रा आरम्भ गरी सर्वसाधारणलाई यही वैशाख २९ गते दर्शनको व्यवस्था गरिनेछ । बुद्धको अन्त्येष्टिका क्रममा सङ्कलन गरिएको वस्तुलाई अस्तु धातु भनिन्छ ।

स्थानीय परम्परागत रुपमा प्रचलित जात्रा तथा पर्व व्यवस्थापन गरिने संस्कार तथा परम्पराअनुरुप पौराणिक बुद्ध मूर्तिको ¥यालीसहित बुद्धको ज्ञान, प्रज्ञा र करुणाको सन्देश संसारभर फैलाइने समितिले जनाएको छ । बुद्ध जयन्तीको दिन बौद्धमा आउने दर्शनार्थीलाई चैत्य दर्शन तथा पूजाको व्यवस्था तथा प्रसाद वितरण गरिनेछ ।

बौद्ध तामाङ कल्याण गुठीलगायत विभिन्न सङ्घसंस्थालाई समेटिएर पवित्र धार्मिक क्षेत्र बौद्धनाथबाट एकसाथ शान्तिको सन्देश दिन खोजिएको धर्म गुरु भूपतिबज्र लामाले बताए । प्राचीन समयदेखि पूजापाठ तथा धार्मिक पर्यटन प्रवद्र्धनका लागि गुठीले पाएको अधिकारको प्रयोग गर्दै आएको उनले जानकारी दिए ।

‘मेरो जन्म अरूका लागि’ मूल नारासहित विश्व शान्ति तथा मानव कल्याण यात्रा विश्वभरि मनाउन उनले आह्वान गरे । रासस/फाइल फोटो

वि.सं.२०८२ वैशाख १६ मंगलवार १३:३२ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...