
काठमाडौं । प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित भएको छ । मंगलबार बसेको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले भन्सार विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई पारित गरेको हो ।
त्यसअघि विधेयकमाथिको छलफलका उठेका जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री पौडेलले भन्सार विन्दुमा देखिएका बेथितिलाई रोक्दै अनियमितता नियन्त्रणका साथै राजस्व छल्न नदिने कुरामा सरकार गम्भीर रहेको बताए ।
त्यस्तै बैठकले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८१ समेत पारित गरेको छ। बैठकमा सभामुख देवराज घिमिरेले मन्त्रिपरिषदको सिफारिसमा वैशाख १९ गते शुक्रबार दिउँसो ३ बजे संघीय संसद्को दुवै सभाको संयुक्त बैठकमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जानकारी दिए ।
वि.सं.२०८२ वैशाख १६ मंगलवार १६:३३ मा प्रकाशित