back
CTIZAN AD

नगरपालिकाको सबै वडामा माटोको नमूना परीक्षण

वि.सं.२०८२ वैशाख २२ सोमवार

690 

shares

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा माटो सुहाउँदो बालीका लागि सम्भाव्यता अध्ययन अगाडि बढाइएको छ । नगरपालिकाको कृषि विकास शाखाले खाद्यान्न, तरकारी, उखु, फलफूल, मौरीपालन, बगरखेती लगायतका लागि सम्भाव्यता अध्ययन गरेको हो ।

“कुन माटोमा कुन बाली फस्टाउन सक्छ भनेर अध्ययनको कार्य गरेका छौँ” कृषि विकास शाखाका प्रमुख करन सिंह बुढा ऐरले भने,“सोही अनुसार कार्यक्रम तयार गरी लागू गर्छौं ।”प्रत्येक वडाको माटोको नमूना परीक्षण गरी सुक्ष्म तत्वका आधारमा बालीका लागि वडागत रुपमा सम्भाव्यता अध्ययनको कार्य गरिएको उनले बताए ।

“गत वर्ष घुम्ती माटो परीक्षण टोलीलाई नगरपालिका क्षेत्रमै बोलाएर नमूना परीक्षणको कार्य ग¥यौंँ” उनले भने, “त्यसपछि कुन वडामा कुन बाली फस्टाउन सक्छ, किसानले लगाएको कुन बालीले बढी उत्पादन दिन थालेको छ, भनेर निरीक्षण, अवलोकनको कार्य गरेपछि वडागत रुपमा बालीको वर्गीकरण गरेका छौँ ।”

उनका अनुसार वडा नं १,२, ३, १२ मा उखुखेती, वडा नं २,३,७,८ र ९ तरकारी खेती र वडा नं ५,६,७,८,९ मा फलफूल, माहुरीलगायत प्राङ्गारिक खेतीका लागि उपयुक्त रहेको छ ।

यसैगरी, खाद्यान्न बालीका लागि वडा नं ३,४,५,६,९,१०,११ र वडा नं ३,११ र १२ बगर खेतीका लागि उयुक्त मानिएको छ । सम्भाव्यता अध्ययन गरिएका वडामा आवधिक तीन वर्षे योजना बनाएर लागू गर्ने योजना अघि सारिएको छ । सम्भाव्यता अध्ययनको कार्य अनुसार मूल तथा स्रोत बीउमा आधारित धान, गहुँ, तोरी, मसुरो बालीमा अनुदान, लक्षित वर्गका लागि मागमा आधारित च्याउ, फलफूल, तरकारी, आलुखेतीसँगै माहुरी, कुखुरा, माछा हाँसपालन कार्यक्रम, स्थानीय थारु आलु प्रवर्द्धन, प्याकेजिङ, ब्राण्डिङ, स्टोरेज लगायतका कार्यक्रम सञ्चालन गरिने छन् ।

खाद्यान्नबाली, तरकारी, च्याउ, मसुरो, तोरी, बालीको उन्नत बीउ वितरण, प्राङ्गारिक खेती प्रणाली अपनाइ प्राङ्गारिक गाउँ स्थापना गर्ने, व्यावसायिक किसानलाई अनुदानमा कृषियन्त्र र उपकरण सहयोग गर्ने कार्यसँगै बगर खेतीमा आधारित कार्यक्रम सञ्चालन गरिने योजना बनाइएको शाखा प्रमुख बुढाऐरले बताए ।

“व्यावसायिक फलफूलखेती गर्ने किसानलाई जग्गा भाडामा अनुदान, नयाँ बगैँचा स्थापना, पुरानो बगैँचा सुदृढिकरण गर्ने कार्यक्रम अघि सारिएको छ” उनले भने, “नहर नपुगेका ठाउँमा साना सिँचाइ कार्यक्रम लागू गर्ने र किसानले उत्पादन गरेका कृषिजन्य वस्तु राख्नका लागि दुई सय मेट्रिक टन क्षमताको कोल्डस्टोर स्थापना गर्ने कार्यक्रम योजना रहेको छ ।”

नगरपालिकामा कूल खेतीयोग्य जमिन पाँच हजार दुई सय ३७ दशमलव ०५ हेक्टर रहेको छ । किसानले खेती गरिरहेको जग्गाको क्षेत्रफल पाँच हजार एक सय हेक्टर रहेको छ । कृषि पेसामा निर्भर किसान ९० प्रतिशत रहेका छन् । कूल सिञ्चित क्षेत्रफल तीन हजार पाँच सय ४० हेक्टर रहेको छ ।रासस/फाइल फोटो

वि.सं.२०८२ वैशाख २२ सोमवार ०८:०४ मा प्रकाशित

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...