काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (मङ्गलवार) राष्ट्रिय सभामा जवाफ दिने भएका छन् । प्रधानमन्त्री ओलीले मङ्गलवार बस्ने बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन लागेका हुन् ।
सङ्घीय संसद्मा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदै छ । यसअन्तर्गत राष्ट्रिय सभामा पनि आजदेखि नै छलफल सुरु हुँदै छ । यही वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सङ्घीय संसद्मा प्रस्तुत गरेका थिए । त्यसमाथि आज देखि छलफल हुन लागेको हो ।
राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दै छ । सभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८२÷८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यसपछि आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुनेछ । राष्ट्रिय सभामा आज र भोलि(मङ्गलवार) नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । त्यसपछि भोलि नै प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यपालिका रहेको संसद् सचिवालयले जनाएको छ ।
वि.सं.२०८२ वैशाख २२ सोमवार ११:५८ मा प्रकाशित






























