back
CTIZAN AD

सात वर्षदेखि रोकियो बागमती तीर्थयात्रा

वि.सं.२०८२ वैशाख २२ सोमवार

870 

shares

काठमाडौँ । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत बागमती नदीको कटुवाल दहबाट वाग्द्वारसम्म १८ कोशको दूरीमा हुने बागमती तीर्थयात्रा यस वर्ष पनि नहुने भएको छ ।

बागमती प्रदूषित भएपछि ४० वर्षदेखि रोकिएको यात्रा पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा प्रदीप ढकाल भएका बेला विसं २०७५ र २०७६ मा भएको थियो । यात्रामा गरिनुपर्ने विधि विधानका सबै काम पशुपति आगम घरका पुजारी मदन भट्टले गर्ने परम्परा रही आएको छ । १७ दिनको यात्रालाई विसं २०७५ मा सात दिनमा झारेर सम्पन्न गरिएको थियो । विसं २०७६ मा भने नौ दिनको यात्रा गरिएको थियो । विसं २०७७ देखि प्रत्येक वर्ष दिन बढाउँदै १७ दिनसम्मकै यात्रा गर्ने कोषले बताए पनि सात वर्षदेखि यात्रा नै हुन छोडेको छ ।

विसं २०७७ मा कोरोना महामारीका कारण रोकिएको बागमती तीर्थयात्रा त्यसपछिका वर्षमा कोषको अरुचिका कारण हुन नसकेको स्थानीयवासीको गुनासो छ । कोष संस्कृति महाशाखाका निमित्त प्रमुख ईश्वरमान राजभण्डारी यस वर्ष पनि बागमती तीर्थयात्राको कुनै तयारी नभएको बताउछन् ।

कटुवाल दहबाट वाग्द्वारसम्म हुने यात्राका क्रममा हिमवत्खण्डमा उल्लेख भएका नदी किनारका १६५ तीर्थ स्थानमा स्नान एवं पूजा र दर्शन गरिने परम्परा छ ।्

यो यात्रा नेमुनिले चलाएको विश्वास गरिन्छ । यसक्रममा विभिन्न स्थानमा बागमतीको तन्त्र साधनासमेत गरिने आगम घरका भट्ट मदन भट्टले बताए । यात्राले बागमती स्वच्छ राख्न जागरण गर्ने विश्वास गरिएकामा तीर्थयात्रा नै रोकिएपछि बागमती शुद्धीकरणमा अझै समस्या आउने भएको कोषको भनाइ छ ।

वि.सं.२०८२ वैशाख २२ सोमवार १२:२१ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...