back

राष्ट्रिय वाणिज्य बैंक र रेडियो नेपाल बीच सम्झौता

वि.सं.२०८२ वैशाख २३ मंगलवार

330 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल बीच रेडियो नेपालका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालका का.मु. प्रमुख प्रशासकिय अधिकृत बिष्णुराम न्यौपानेले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता भएपश्चात रेडियो नेपालमा कार्यरत तोकिएको सेवाअवधि पूरा गरेका कर्मचारीहरुलाई कम्पनीकोे सिफारिसमा अधिकतम पन्ध्र लाख रुपैंया सम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने छ । बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर ५।१४ प्रतिशत रहेको छ । सम्झौता अनुसार रेडियो नेपालका कर्मचारीहरुको तलबी खाता बैंकले सञ्चालन गर्नेछ । यस सम्भौता पश्चात दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।

उक्त अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेश प्रसाल लोहनी, उपकार्यकारी अधिकृतहरु विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, रामकुमार थापा, विभागीय प्रमुखहरु भोलानाथ पौडेल, दिनेश गौतम, उपप्रमुख दिनेश न्यौपाने, शाखा कार्यालय सिंहदरबार परिसरका शाखा प्रबन्धक अनिश रायमाझी, रेडियो नेपालका नायब निर्देशक पुष्पकरराज गौतम, उपनिर्देशक बद्रिविलास तण्डुकार लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।

 

 

वि.सं.२०८२ वैशाख २३ मंगलवार १२:५८ मा प्रकाशित

विपीन जोशीको रिहाइबारे कतारका विशेष दूतसँग पुनः आग्रह

विपीन जोशीको रिहाइबारे कतारका विशेष दूतसँग पुनः आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका...

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

राजेन्द्रप्रसाद पनेरू, कञ्चनपुर । पढाइको चाहना पूरा गर्न उमेर तगारो...

आज यी तीन प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने !

आज यी तीन प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव...

मेलम्चीको पानी बितरण विस्तार

मेलम्चीको पानी बितरण विस्तार

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी)...

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

टेक्सास (अमेरिका) । अमेरिकाको टेक्सास राज्यको संसद्को बिहीबार सम्पन्न बैठकले...

‘के घर के डेरा घर नं २’ प्रदर्शनमा

‘के घर के डेरा घर नं २’ प्रदर्शनमा

काठमाडौँ । उपन्यासकार तथा कवि ‘बुद्धिसागर’को कथामा निर्माण गरिएको चलचित्र...