back
CTIZAN AD

शून्य समयमा सांसदहरुद्वारा विविध विषयमा सरकारको ध्यानाकर्षण

वि.सं.२०८२ वैशाख २३ मंगलवार

552 

shares

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसदहरुले शिक्षा, मनसुनदेखि सडक निर्माणसम्मका विषयबस्तुबारे सरकारको ध्यानार्षण गराएका छन् ।

बैठकमा सांसद अच्युत मैनालीले विश्वविद्यालय अनुदान आयोगले पछिल्लो समयमा विपन्न विद्यार्थीलाई दिँदै आएको अनुदानलाई निरन्तरता दिन माग गरे ।

सांसद अन्जनी श्रेष्ठले पेट्रोलको भाडा बढाउन एउटा निश्चित मापदण्ड बनाउन सरकारसँग माग गरे ।

सांसद अनिता देवीले यही वैशाख १७ गते जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको एकता अघि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई अपहरण शैलीमा पक्राउ गरेको घटनाप्रति आपत्ति प्रकट गरे ।

सांसद अमनलाल मोदीले विराटनगरको चक्रपथका लागि पर्याप्त बजेट विनियोजन नभएको तथा केशरीया र सिनिया खोलाका लागि बजेट छुट्याएर निर्माण नगर्दा विराटनगर डुबानमा पर्ने खतरा बढेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद अम्बरबहादुर थापाले नेपाल सरकारको यस वर्षको नीति तथा कार्यक्रमले शिक्षामा राम्रो गर्न खोजीए पनि कार्यान्वयनको पाटो कमजोर देखिएको बताए ।

सांसद डा अमरेशकुमार सिंहले नेपालले छमेकी राष्ट्रहरुसँग सन्तुलित सम्बन्ध राख्नुपर्नेमा जोड दिए ।

सांसद अर्जुननरसिंह केसीले काठमाडौँ–नुवाकोट सदमुकाम जोडने बालाजु–नुवाकोट–काठमाडौँ सडकका लागि आवश्यक बजेट छुट्टयाउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद आस्माकुमारी चौधरीले नेपालमा मनसुन सुरु भइसकेको भएकाले गृहमन्त्रालयले आवश्यक तयारी सुरु गरेकामा धन्यवाद दिए ।

सांसद ईश्वरबहादुर रिजालले देशभर बाँदर आतङ्कका कारण ठूलो धनजनको क्षति भएकाले त्यसको रोकथामका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद ईश्वरी घर्तीले विवाह गर्ने उमेर २० वर्षबाट १८ वर्ष बनाउने विषयमा बालिकाको आर्थिक, सामाजिक र सांस्कृतिक पक्षबारे ध्यान दिन सरकारसँग माग गरे ।

सांसद ईश्वरीदेवी न्यौपानेले टीकापुर घाट निर्माण कार्यमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।

सांसद उर्मिला माझीले सुदुरपश्चिम प्रदेशको दार्जुलामा तिङकर सडक बजेट अभावका कारण अधुरै रहेकाले आवश्यक बजेट उपलब्ध गराउन सरकारसँग आग्रह गरे ।

सांसद ऋषिकेश पोखरेलले मोरङका चारवटा पुल समयमै निर्माण गर्न माग गरे ।

सांसद एकनाथ ढकालले सरकारले शिक्षकहरुसँग गरेको सहमति कार्यान्वयन गर्न आउँदो बजेटमै सम्बोधन गर्न माग गरे ।

सांसद गङ्गा कार्कीले सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न आग्रह गर्दै आवश्यक बजेट छुट्टयाउन सरकारसँग माग गरे ।

सांसद चित्रबहादुर केसीले २०६२÷६३ सालको आन्दोलनका क्रममा कालिकोटका कर्णबहादुर शाही घाइते भएको उल्लेख गर्दै हालसम्म पनि उनले उपचार खर्च नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

वि.सं.२०८२ वैशाख २३ मंगलवार १२:५९ मा प्रकाशित

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...