back
CTIZAN AD

मिथिलामा जानकी नवमी मनाइँदै

वि.सं.२०८२ वैशाख २३ मंगलवार

522 

shares

महोत्तरी । प्राचीन मिथिलाक्षेत्रमा विभिन्न धार्मिक अनुष्ठानका साथ आज जानकी नवमी मनाइँदैछ । विदेह भूमि पनि भनिने मिथिलामा सीताको जन्म भएको विश्वासमा हरेका वर्ष वैशाख शुक्ल नवमीका दिन सीताजयन्ती मनाइन्छ ।

सीतालाई देशको राष्ट्रिय विभूति मानिएको छ । त्रेतायुगमा विदेह राज्यमा अनिकाल पर्दा राजाले हलो जोते पानी पर्छ भन्ने विद्वत्सभाको निर्णयानुसार राजा जनकले खेत जोत्दा भूमिबाट सीता प्रकट भएकी विश्वास गरिन्छ । यसै विश्वासमा मिथिलामा यस दिनलाई जानकी नवमी वा जानकी प्रकाट्य दिवसका रुपमा मनाउने गरिएको हो ।

महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका मठमन्दिरमा वैशाख शुक्लपक्ष सुरु भएसँगै जानकी प्रकट दिवस मनाउन थालिन्छ । यो पर्वमा महोेत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ, लक्ष्मीनारायण मन्दिर, जलेश्वरस्थित रामजानकी ब्रह्मचारी कुटी, बर्दिबासस्थित रामजानकी मन्दिर र कामेश्वरनाथ महादेव मन्दिर परिसरमा सीता जयन्ती नौदिने धार्मिक अनुष्ठा सम्पन्न गरिँदैछ । यहाँका सबैजसो मठमन्दिरमा सीताजीसम्बन्धी कथावाचन, शोभायात्रा गरेर सीता जयन्ती मनाइने परम्परा छ ।

बाल्यावस्थादेखि नै आफ्ना विशिष्ट गुणले आदर्श नारीको पहिचान बनाएकी सीताले विवाहपछि पनि मिथिलाको महिमा बढाएको रामायणसहितका पौराणिक ग्रन्थमा वर्णित छ ।

जानकी नवमी पर्व हिन्दू परम्परासँग जोडिएको भए पनि सीता विदेह भूमिकी छोरी भएकी हुँदा यहाँका सबै बासिन्दामा यस पर्वको भावनात्मक सम्बन्ध छ ।रासस

वि.सं.२०८२ वैशाख २३ मंगलवार १३:५९ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...