back
CTIZAN AD

जुडो टोली भूटान प्रस्थान

वि.सं.२०८२ वैशाख २३ मंगलवार

498 

shares

काठमाडौँ । प्रथम दक्षिण एसियाली युथ जुडो डेभलपमेन्ट प्रतियोगिता तथा क्याम्पमा सहभागी हुन ११ सदस्यीय नेपाली टोली आज भूटानको थिम्पु प्रस्थान गरेको छ ।

यही वैशाख २४ देखि २९ गतेसम्म हुने उक्त प्रतियोगितामा चार पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुष ४० किलो मुनिको तौल समूहमा विसाज महर्जन र सदिन तामाङ, ५० किलो मुनिको तौल समूहमा जुविन महर्जन तथा ३६ किलो मुनिको तौल समूहमा साइमन तामाङले खेल्नेछन् । यस्तै महिला ५७ किलो मुनिको तौल समूहमा श्रष्टा नापित तथा ३६ किलो मुनिको तौल समूहमा जेनिशा वाइवाले प्रतिष्पर्धा गर्नेछन् ।

प्रशिक्षकमा योगन्द्र विष्ट, अफिसियलमा नवीन महर्जन, आइटी अफिसियलमा लखनराज थापा मगर र कुलबहादुर कुँवर तथा निर्णायकमा किरण गडेल रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यलगायतले आज यहाँ आयोजित एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगितामा नेपालसहित भारत, भूटान र बङ्गलादेशका खेलाडीको सहभागिता रहने प्रशिक्षक धर्मकुमार श्रेष्ठले जानकारी दिए ।

वि.सं.२०८२ वैशाख २३ मंगलवार १४:१८ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...