back
CTIZAN AD

चलचित्रकर्मी कल्याणकारी कोषबाट बिरामी र मृतकको परिवारलाई आर्थिक सहयोग

वि.सं.२०८२ वैशाख २४ बुधवार

1.7K 

shares

काठमाडौँ । चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले बिरामी तथा दिवङ्गत भएका चलचित्रकर्मीको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । सो कोषमार्फत तीन जना बिरामी र एक जना मृतक चलचित्रकर्मीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराइएको बोर्डका अध्यक्ष दिनेश डिसीले जानकारी दिए ।

“हामीले यसअघि पनि आवश्यक परेकालाई सहयोग गरिरहेका छौँ । यो हाम्रो दायित्व र कर्तव्य पनि हो । चलचित्रकर्ममा लाग्नुभएकालाई आवश्यक पर्दा सहयोग गर्न नै हामीले कोषको स्थापना गरेका हौँ”, अध्यक्ष डिसीले स्पष्ट गरे ।

उनका अनुसार मस्तिष्कमा रक्तस्राव भई ग्रिनसिटी अस्पतालमा उपचाररत निर्देशक सन्तोष ढकालको परिवारलाई रु एक लाख, दिवङ्गत प्राविधिक श्रीकृष्ण तिमल्सिनाको काजक्रियाका लागि परिवारलाई रु ५० हजार, खुट्टा भाँचिएर आराम गरिरहेका कलाकार गोकुल सुवेदीलाई रु ४० हजार र सिरोसिस रोगबाट पीडित प्राविधिक उमेश श्रेष्ठको परिवारलाई रु एक लाख आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

अध्यक्ष डिसी, कल्याणकारी कोषकी अध्यक्ष वसुन्धरा भुसाल, सदस्यहरु मोहन निरौला र पुष्कर लामासहितको टोलीले बिरामीहरुको निवास, अस्पताल र मृतकको किरियापुत्री भवनमा पुगेर उक्त आर्थिक सहयोग हस्तान्तरण गरेको बोर्डले जनाएको छ ।

वि.सं.२०८२ वैशाख २४ बुधवार १५:०६ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...