back
CTIZAN AD

भविष्यका चुनौतीहरूको सामना गर्न शान्तिरक्षा सञ्चालनलाई सुदृढ पार्न गुटेरेसको आह्वान

वि.सं.२०८२ वैशाख ३१ बुधवार

618 

shares

बर्लिन । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले समकालीन र भविष्यका चुनौतीहरूको सामना गर्न थप सान्दर्भिक बनाउन शान्तिरक्षा अभियानलाई बलियो बनाउन आह्वान गरेका छन् ।

विश्वभरका द्वन्द्व क्षेत्रहरूमा शान्ति सैनिकहरूको बलिदान र योगदानको प्रशंसा गर्दै उनले शान्ति स्थापना शान्ति प्राप्तिका लागि एक केन्द्रीय उपकरण रहेको कुरामा जोड दिए ।

जर्मनीले आयोजना गरेको शान्ति स्थापनाको भविष्यसम्बन्धी मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै गुटेरेसले भने, “संयुक्त राष्ट्रसङ्घको स्थापना हामीले एकताबद्ध मानव परिवारको रूपमा काम गरेमा शान्ति सम्भव छ भन्ने विश्वासमा भएको थियो । संयुक्त राष्ट्र शान्तिरक्षकहरू वा ब्लु हेलमेटहरू देशहरूलाई द्वन्द्वबाट शान्तितिर सार्न मद्दत गर्न एकजुट हुने विश्वको क्षमताको सबैभन्दा विश्वव्यापी मान्यता प्राप्त प्रतीक हो ।”

उनले कम्बोडिया, आइभरी कोस्ट, एल साल्भाडोर, लाइबेरिया, नामिबिया, मोजाम्बिक, सिएरा लियोन र टिमोर–लेस्टेसहित संयुक्त राष्ट्रसङ्घको शान्तिरक्षा बलको सहयोगमा स्थायी शान्ति हासिल गरेका धेरै देशलाई उद्धृत गर्दै यी देशमध्ये धेरैले हाल शान्तिरक्षा कारबाहीमा सेनाको योगदान पु¥याइरहेको उल्लेख गरे ।

यद्यपि उनका अनुसार चार हजार चार सयभन्दा बढी शान्तिरक्षकले कर्तव्यको रेखामा आफ्नो ज्यान गुमाइसकेका छन् ।

उनले अझ जटिल र सीमापार द्वन्द्व, विश्वव्यापी ध्रुवीकरण, गलत सूचना, आतङ्कवाद, जलवायुसम्बन्धी अस्थिरता र अन्तर्राष्ट्रिय कानूनको व्यापक अवहेलनासहित शान्ति स्थापनाका लागि आज बढ्दो चुनौतीहरूको सामना गर्नुपरेको स्वीकार गरे ।

गुटेरेसले शान्ति रक्षा अपरेसनहरू अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा निर्माणका लागि सबैभन्दा लागत प्रभावी उपकरणहरू मध्ये एक भएको उल्लेख गरे ।

उनले राष्ट्रसङ्घका सबै १९३ सदस्य राष्ट्रलाई आफ्नो वित्तीय प्रतिबद्धता पूरा गर्न र वर्तमान र उदाउँदो विश्वव्यापी चुनौतीहरूको सामना गर्न भविष्यका लागि तयार शान्ति मिसनहरू निर्माण गर्न सहयोग गर्न आग्रह गरे । क्युएनए/फाइल फोटो

वि.सं.२०८२ वैशाख ३१ बुधवार १४:०८ मा प्रकाशित

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा...

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको  ध्यानाकर्षण

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । अखिल नेपाल महिला सङ्गठनले एलपी ग्यासको कृत्रिम अभाव,...

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...