back
CTIZAN AD

अन्तरिक राजस्व कार्यालय झापामा दुई अर्ब ६१ करोड राजस्व सङ्कलन

वि.सं.२०८२ जेठ २ शुक्रवार

546 

shares

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु दुई अर्ब ६१ करोड ६६ लाख १० हजार राजस्व सङ्कलन गरेको छ ।

गत आवको सोही अवधिको तुलनामा यो नौ दशमलव ५६ प्रतिशतले बढी हो । गत आवमारु दुई अर्ब ३८ करोड ८३ लाख ६४ हजार राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले राससलाई जानकारी दिए । चालु आवमा रु चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य उनले सुनाए ।

गत आवको भन्दा राजस्व सङ्कलन बढेको भए पनि चालु आवको १० महिनाको लक्ष्यको ८३ दशमलव ०३ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत काफ्लेले बताए । कार्यालयले १० महिनामा आयकरबाट रु एक अर्ब १६ करोड नौ लाख, ब्याजबापत रु आठ करोड ६५ हजार, मूल्य अभिवृद्धि करबापत रु ८६ करोड ५४ लाख ९७ हजार, अन्तःशुल्कबापत रु ४७ करोड ४६ लाख ४२ हजार राजस्व सङ्कलन गरेको छ ।

“कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको छ । यसका साथै कर बक्यौता चुक्ता नगरेका करदाताको बैंक खाता रोक्का, जग्गा पास एवं नामसारी रोक्कालगायत कानुनी कारबाही हुने गरेको छ”, प्रमुख कर अधिकृत काफ्लेले भने ।

वि.सं.२०८२ जेठ २ शुक्रवार १०:५९ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...