back

पालिकाद्वारा किसानलाई अनुदानमा कृषि उपकरण

वि.सं.२०८२ जेठ ६ मंगलवार

207 

shares
IME Limited
NTC AD

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकामा किसानलाई ५० प्रतिशत अनुदानमा मिनीटिलर र पम्पसेट वितरण गरिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को विनियोजित बजेटबाट १९ थान मिनीटिलर र ८० थान पम्पसेट वितरण गरिएको कोहलपुर नगरपालिका कृषि शाखाका कृषि प्राविधिक यज्ञबहादुर रोकायले जानकारी दिए ।

कोहलपुर नगरपालिकाका वडा नं १ देखि वडा नं १५ सम्मका किसान, कृषि फार्म, कृषक समूह, केही कृषि सहकारीलाई नगरप्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख सङ्गीता सुवेदीले ती सामग्री वितरण गरिन् ।

त्यसैगरी, साना सिँचाइ प्रवद्र्धन कार्यक्रमअन्तर्गत ८० थान पम्पसेट वितरण गरिएको पनि कृषि प्राविधिक रोकायले जानकारी दिए । एउटा मिनीटिलरको बजारमूल्य रु १९ हजार छभने पम्पसेटको बजारमूल्य रु नौ हजारको हाराहारीमा छ ।

सो अवसरमा नगरप्रमुख आचार्यले कृषि पेशालाई आधुनिकीकरण गर्नका लागि किसानलाई यान्त्रिकीकरणमा सहयोग गरिएकोे किसानलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट विनियोजन गर्दै आएको बताए ।

उपप्रमुख सुवेदीले किसानको आवश्यकता र मागमा आधारित रहेर कृषि यान्त्रिकीकरणमा नगरपालिकाले सहयोग गरेको र मागमा आधारित योजना कार्यान्वयनमा ल्याइएको उल्लेख गरिन् ।

भेरी ज्येष्ठ नागरिक कृषक समूहका अध्यक्ष मोहन रिजालले नगरपालिकाले अनुदानमा कृषि उपकरण उपलब्ध गराएको जनाउँदै खुसी व्यक्त गरे । उनले कृषि पेशालाई व्यावसायिक बनाउनका लागि मल, बीउबिजन तथा कृषि उपकरणमा नगरपालिकाले सहयोग गर्न आग्रह गरे । यसबाहेक नगरपालिकाले च्याउको बीउ, खाद्यान्न बाली, साना सिँचाइको संरचना निर्माणलगायतमा समेत किसानलाई सहयोग गर्दै आएको छ । रासस/फाइल फोटो

वि.सं.२०८२ जेठ ६ मंगलवार ०९:२० मा प्रकाशित

मोटरसाइकलले ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलले ठक्करबाट पैदलयात्रीको मृत्यु

काँक्रेविहार (सुर्खेत)। जाजरकोटस्थित नलगाड नगरपालिकाको कालीमाटीबाट रुकुमपश्चिमको आठबीसकोट जाँदै गरेको...

किसानद्वारा एक लाख २८ हजार केजी रैथाने बीउ उत्पादन

किसानद्वारा एक लाख २८ हजार केजी रैथाने बीउ उत्पादन

राँझा (बाँके) । बाँकेका किसानले एक लाख २८ हजार बढी...

कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

गोदावरी (कैलाली) । कैलालीमा १८ स्थानमा जलमापन केन्द्र र २२...

भारतबाट फर्किएका १६ जनामा कोरोना सङ्क्रमण पुष्टि, पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या

भारतबाट फर्किएका १६ जनामा कोरोना सङ्क्रमण पुष्टि, पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या

दोधारा चाँदनी (कञ्चनपुर) । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक...

अत्याधिक गर्मी बढेपछि विद्यालय दुई दिन बिदा

अत्याधिक गर्मी बढेपछि विद्यालय दुई दिन बिदा

कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्याधिक गर्मी बढेपछि दुई दिन विद्यालय...

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छ : अध्यक्ष शर्मा

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छ : अध्यक्ष शर्मा

गोदावरी (कैलाली) । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले लोकतन्त्र...