back
CTIZAN AD

एभरेष्ट बैंकको सिन्धुलीमा नयाँ शाखा विस्तार

वि.सं.२०८२ जेठ ६ मंगलवार

651 

shares

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो शाखा विस्तार गर्नेक्रममा सिन्धुलीको कमलामाई नगरपालिका– ६ मा आफ्नो १३२औँ शाखा सञ्चालनमा ल्याएको छ ।

यो नयाँ शाखासँगै बागमती प्रदेशमा एभरेष्ट बैंकको शाखा संख्या ४७ पुगेको छ । बैंकले यस शाखाको स्थापनाले सिन्धुलीका बासिन्दाहरूलाई आधुनिक, सरल र सहज बैंकिङ सेवा प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।

कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेल र एभरेष्ट बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले संयुक्त रूपमा शाखाको उद्घाटन गरे ।

उक्त समारोहमा कमलामाई नगरपालिका वडा नं. ६ का वडाध्यक्ष उज्वल कुमार थापा, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष देव नारायण श्रेष्ठ, प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुबेदी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङलगायत स्थानीय बासिन्दा र बैंकका कर्मचारीहरूको उपस्थिति थियो ।

उद्घाटन समारोहमा बोल्दै कमलामाई नगरपालिकाका मेयर पोखरेलले बैंकको उपस्थितिले यस क्षेत्रमा गुणस्तरीय सेवा, सुविधा र सन्तुलित लगानी अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

त्यसैगरी, एभरेष्ट बैंकका सञ्चालक समितिका अध्यक्ष डा. वैद्यले सिन्धुलीमा बैंकको शाखा सञ्चालनमा आएसँगै यहाँका बासिन्दाहरूलाई सबल, सरल, उत्कृष्ट, अत्याधुनिक र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताए ।

वि.सं.२०८२ जेठ ६ मंगलवार १२:१३ मा प्रकाशित

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले  आर्थिक...

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

काठमाडौँ । नेपाली सेनाले रसुवागढी–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको हवाई...

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

काठमाडौँ । रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय...

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनामा...

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच...