back
CTIZAN AD

गणतन्त्र दिवसःलुम्बिनी प्रदेशमा सांस्कृतिक झाँकीसहित प्रभातफेरी

वि.सं.२०८२ जेठ १५ बिहीवार

489 

shares

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले १८औँ गणतन्त्र दिवस विविध कार्यक्रमका साथ मनाएको छ । सांस्कृतिक झाँकीसहित प्रभातफेरीपछि मुख्य समारोह आयोजना गर्दै प्रदेश सरकारले यो गौरवपूर्ण दिवस मनाएको हो ।

त्यस अवसरमा मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली जनताको त्याग, बलिदान र सङ्घर्षबाट प्राप्त गणतन्त्रको संस्थागत विकासमा जोड दिँदै समावेशी, समानुपातिक, न्यायपूर्ण र उत्तरदायी शासनको अभ्यासलाई सुदृढ गर्न गणतन्त्र दिवसले प्रेरणा दिने बताए ।

उनले गणतन्त्रले अधिकारसँगै कर्तव्य बोध गराएको उल्लेख गर्दै सेवा प्रवाह, सुशासन र समृद्धिका निम्ति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो । साथै उहाँले लुम्बिनी सरकार कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, युवा उद्यमशीलता तथा स्वरोजगारलाई प्राथमिकतामा राखेर योजनाबद्ध क्रियाशील रहेको बताए ।

सभामुख तुलाराम घर्तिमगरले गणतन्त्र जनताको शासन प्रणाली भएको उल्लेख गर्दै त्यसको संस्थागत सुदृढीकरण तथा विकासमा जोड दिए । उनले राजनीतिक सङ्घीयता प्राप्त भए पनि प्रशासनिक तथा वित्तीय सङ्घीयताको व्यवहारिक कार्यान्वयन अपरिहार्य भएको धारणा व्यक्त गरे ।

पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गणतन्त्रको मूल उपलब्धि सङ्घीयता भएको उल्लेख गर्दै यसको लक्ष्य देश विकास भएको बताए । उनले प्रदेशलाई अधिकार प्रत्यायोजन गर्न सङ्घीय सरकार तत्पर हुनुपर्ने बताए ।

विपक्षी दलका नेता जोखबहादुर महराले गणतन्त्रलाई सुदृढ गर्दै जनताका आधारभूत आवश्यकता पू्रा गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिँदै अधिकार खोज्दै आफ्नो कर्तव्य पनि हरेक नागरिकले निर्वाह गर्नुपर्छ भने ।

वि.सं.२०८२ जेठ १५ बिहीवार १०:५९ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...