back
CTIZAN AD

काँक्रोको बीउबाट मनग्य आम्दानी किसान

वि.सं.२०८२ जेठ १६ शुक्रवार

1.6K 

shares

पर्वत । पर्वतका विभिन्न गाउँमा काँक्रोको बीउका लागि व्यावसायिक रुपमा खेती भइरहेको छ । किसानले काँक्रोको बीउबाट मनग्य आम्दानी लिन थालेका छन् । गत वर्ष फागुनको पहिलो साता लगाएको भक्तपुरे लोकल जातको काँक्रो पाकेर अहिले फाँटैभरि पहेँलपुर छ । अत्यधिक बढेको गर्मीसँगै कृषकलाई काँक्रो टिपेर बीउ निकाल्न भ्याइनभ्याइ भएको हो ।

बिहादी गाउँपालिका–१ बाच्छा, फलेवास नगरपालिका–११ पाङराङ, वडा नं १० कुर्घा, वडा नं ७ लिमिठाना, वडा नं ६ देवीस्थान र वडा नं ५ खानीगाउँ तथा जलजला गाउँपालिका–४ खोलाखेत र वडा नं ७ धाइरिङका कृषकले व्यावसायिक रुपमा काँक्रोको बीउ उत्पादन गर्दै आएका छन् । अनुकूल मौसम र हावापानीका कारण विगतका वर्षहरुमा भन्दा यस वर्ष काँक्रोको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।

फलेवास नगरपालिका–११ पाङराङमा ७२ कृषकले व्यावसायिक रुपमा काँक्रोखेती गर्दै आएका छन् । यो गाउँमा गत वर्ष बीउ बिक्रीबाट रु ६ करोड भित्रिएको र गत वर्षभन्दा यस वर्ष अझै उत्पादन बढ्ने स्थानीय बाबुराम भुसालले बताए ।

यस्तै बिहादी गाउँपालिका–१ बाच्छामा मात्रै कृषकले २०० रोपनी क्षेत्रफलमा बीउका लागि काँक्रोको खेती गरेका छन् । बाच्छामा बीउ काँक्रोको व्यावसायिक उत्पादनमा लागेको सिर्जनशील कृषक समूहले मात्रै १०० रोपनीमा काँक्रो लगाएको छ । कृषक समूहका अध्यक्ष शिवकुमार क्षेत्रीका अनुसार २८ कृषक उक्त समूहमा आबद्ध छन् ।

गत वर्ष काँक्रोको बीउ प्रतिकिलो रु १३ हजारका दरले बिक्री गरिएको थियो । अहिले पनि काठमाडौँ, पोखरा, बुटवललगायतका स्थानबाट काँक्रोको बीउको माग भइहेको छ । मूल्य भने तोकिएको छैन । कृषक क्षेत्रीले १७ रोपनी क्षेत्रफलको जग्गामा काँक्रोको खेती गरी कम्तीमा पनि १०० किलोभन्दा बढी काँक्रोको बीउ उत्पादन हुने बताए ।

यसैगरी जलजला गाउँपालिका–७ धाइरिङको सल्यानका कृषकले गत वर्ष काँक्रोको बीउ बेचेर रु तीन करोड आम्दानी गरेका थिए । यस वर्ष अझै वृद्धि हुने अनुमान गरिएको स्थानीय टुङ्गनाथ आचार्यले बताए ।

कृषि ज्ञान केन्द्र पर्वतका वरिष्ठ कृषि विकास अधिकृत पर्शुराम अधिकारीले काँक्रोको बीउखेती गरिएको जग्गाको क्षेत्रफल २०० रोपनीले वृद्धि भएको र मौसम पनि अनुकूल भएको हुँदा यस वर्ष जिल्लाभरबाट कम्तीमा पनि रु आठ करोड रकम बराबरको काँक्रोको बीउ उत्पादन हुने अनुमान गरिएको बताए । कृषि ज्ञान केन्द्र पर्वतले कृषकलाई तालिम दिनुका साथै बीउ खरिदमा ५० प्रतिशत अनुदान दिएको छ भने मल विषादी र कृषि सामग्री खरिदमा समेत ५० प्रतिशतसम्म अनुदान सहयोग गरेको प्रमुख अधिकारीले बताए ।

अहिले काँक्रो टिप्ने र बीउ निकाल्ने तथा सुकाएर थन्क्याउने काम भइरहेको छ । असार दोस्रो सातापछि व्यापारीलाई बिक्री गरिने कृषकले बताएका छन् । यहाँको बीउ नार्क तथा निमाकोललगायतका संस्थाले लैजाने गरेका छन् ।रासस

वि.सं.२०८२ जेठ १६ शुक्रवार १२:२४ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...