back
CTIZAN AD

प्रदीप सापकोटाको नियात्राकृति ‘यात्राको लय’ माथि परिचर्चा

वि.सं.२०८२ जेठ १७ शनिवार

2.3K 

shares

काठमाडौं। नियात्राकार प्रदीप सापकोटाको नियात्राकृति ‘यात्राको लय’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार उत्पला क्याफे बौद्धमा भएको कार्यक्रममा विभिन्न समीक्षक एवं चर्चाकारहरुले यात्राको लयमाथि परिचर्चा गरे ।

उक्त कार्यक्रममा सपाट वर्णनमात्र नियात्रा नहुने भन्दै वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ’रोदन’ ले पचासको दशकपछि नियात्रा नेपाली साहित्यमा थप चलायमान भएर आएको बताए । प्रदीप सापकोटाको यात्राको लयमा पाठकलाई सँगै डोर्याएर लान सक्ने सामाथ्र्य रहेको बताए । उनले भने “निजात्मक अनुभूति र भावनालाई स्थानीयतामा डुबेर नियात्रा लेखेका छन्। यसले उनको नियात्रामा खुवी देखाएको छ । नियात्राकारले थप उचाई लिने सृजना गर्न कृतिले चूनौति थपिदिएको छ।”

अर्का चर्चाकार वरिष्ठ नियात्राकार जय छाङ्छाले ‘यात्राको लय’ मार्फत प्रदीप सापकोटाले एउटा आशावादी नियात्राकारको रुपमा आफुलाई उभ्याएको बताए । उनले भने( “सिद्धान्त र बिम्ब विधानहरु समावेश गरिएका नियात्राहरु बलिया रहेका छन् । वास्तवमा नियात्रा राम्रा छन् कि छैनन् भन्ने कुरा पाठकले ह्रदयले पढेपछि थाहा हुन्छ।” उनले आगामी दिनमा थप उत्कृष्ट नियात्रा लेख्नको निम्ति शुभकामना दिए ।

अर्का चर्चाकार निबन्धकार श्रीबाबु कार्कीले तत्कालिन द्धन्दकालको झल्को दिने नियात्राहरु बढी रहेको यात्राको लयमा नेपाल यात्राकै पेरिफेरिमा प्रायः नियात्राहरु रहेको बताए । उनले कृतिमाथि चर्चा गर्दै भने(“नियात्राकारले जहाँ जान्छन् त्यहाँका सुक्ष्म कुराहरु जुन कुराले उनको मन छुन्छ तिनीहरुलाई आफ्नो नियात्राको विषय बनाएका छन् । अनुभूति र नजिकका सबै दृश्यहरु नियात्राकारको ब्रम्हबाट तानिएका छन् । उनका नियात्रामा सपाट वर्णन मात्र छैन् लालित्यपूर्ण छन् ।भोगाइ छन् । पाठक तान्ने खुवी राख्छन्।”

बरिष्ठ नियात्राकार पवन आलोकले आफुले ‘यात्राको लय’ पढेको भन्दै मन छोएको बताए ।नियात्राकार सापकोटालाई आलोकले शालिन,सरल व्यक्तिको रुपमा चिनेको बताए ।

यसैगरी साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले कृतिकार नियात्राकार र सञ्चारकर्मी दुबैमा अब्बल देखिएको बताए ।

अर्का वक्ता डा. शैलेन्दुप्रकाश नेपालले प्रदीप सापकोटाको लेखनी राम्रै रहेको आफुलाई लागेको बताए ।
नियात्राकार प्रदीप सापकोटाले रहरले लेख्न सुरु गरेकोमा थप जिम्मेवार भएर लेख्न पर्ने महसुस गरेको बताए । उनले उपस्थित सबैप्रति आभार प्रकट पनि गरे ।

सुसेलीका प्रवद्र्धक दुर्गाप्रसाद अधिकारी ‘भमरकोटे’ले केही सुसेली प्रस्तुत गरे । सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष तारा केसीले राखेकी थिइन् ।
उक्त कार्यक्रममा साहित्यक्षेत्रका विभिन्न अग्रजहरुको सहभागिता थियो ।

वि.सं.२०८२ जेठ १७ शनिवार १०:१२ मा प्रकाशित

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक...

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...