back
CTIZAN AD

मुक्तिनाथमा पदमार्ग निर्माण

वि.सं.२०८२ जेठ १८ आइतवार

765 

shares

मुस्ताङ । मुक्तिनाथधामको दुईवटा स्थानमा भक्तजन पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । मुक्तिनाथ दर्शन गर्न जाने तीर्थालु भक्तजनको सहजताका लागि मुक्तिनाथधामको पुराङ रानीपौवा बजारक्षेत्र र मुक्तिनाथ प्रवेशद्वारदेखि ज्वालामाई गुम्बा जाने बाटोमा डिभिजन सडक कार्यालय बाग्लुङमार्फत पदमार्ग निर्माणको ठेक्का सम्झौता भएको हो ।

आर्थिक वर्ष २०८१÷८२ अन्तर्गत सालबसाली ठेक्काअन्तर्गत मुक्तिनाथधामको दुई स्थानमा अलगअलग पदमार्गको ठेक्का सम्झौता भई निर्माणकार्य अन्तिम चरणमा पुगेको डिभिजन सडक कार्यालय बागलुङका इन्जिनियर सागर भण्डारीले जानकारी दिए । यसका लागि मुक्तिनाथ रानीपौवा बजारमा रु एक करोड र मुक्तिनाथ ज्वालामाई गुम्बा जाने पदमार्गमा रु एक करोड बजेट विनियोजन भएको छ ।

चालु आर्थिक वर्षको असारभित्रै सम्पन्न गर्नेगरी मुक्तिनाथ रानीपौवा बजार क्षेत्रमा नाली तथा फुटपाथ निर्माण गरेर छप्पनी ढुङ्गा बिच्छ्याउने गरी पदमार्ग निर्माण गर्न दुईभाइ निर्माण सेवा काठमाडौंले ठेक्का सम्झौता गरेको थियो । मुक्तिनाथ बसपार्क नजिकैबाट मुक्तिनाथ जाने रानीपौवा बजार क्षेत्रमा दुई सय मिटर दूरीमा छप्पनी ढुङ्गा बिछ्याउने काम भइरहेको इन्जिनियर भण्डारीले उल्लेख गरे ।

भक्तजनको सहजता र रानीपौवा बजारको सौन्र्दयीकरणका लागि नाली र फुटपाथसहित आठ मिटर चौडा पदमार्ग निर्माण भइरहेको इन्जिनियर भण्डारीले बताए । रानीपौवा बजार क्षेत्रमा चार मिटर चौडामा छप्पनी ढुङ्गा बिछ्याएर पदमार्ग स्तरोन्नति गरिने बताउनुभयो । रानीपौवामा छप्पनी ढुङ्गा बिछ्याएर पदमार्ग निर्माणको पछिल्लो भौतिक प्रगति ४५ प्रतिशत पुगेको उनले जनाए ।

यसैगरी मुक्तिनाथधामको मुख्य प्रवेशद्वारबाट ज्वालामाईसम्म रेलिङसहितको आरसिसी सिँढी बाटो निर्माणको जिम्मा पिके कन्ट्रक्सनले लिएको डिभिजन सडक कार्यालय बागलुङले जनाएको छ । त्यहाँ तीन सय ५० मिटर दूरीमा दुई दशमलव एक मिटर चौडा रेलिङसहितको आरसिसी सिँढी बाटो निर्माण भइरहेको छ । ज्वालामाईसम्मको रेलिङसहितको सिँढी बाटो पदमार्गको पछिल्लो भौतिक प्रगति ८० प्रतिशत पुगेको डिभिजन सडक कार्यालय बागलुङले जनाएको छ ।रासस

 

वि.सं.२०८२ जेठ १८ आइतवार ०७:२१ मा प्रकाशित

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...