back
CTIZAN AD

हात्ती प्रभावित मेचीनगरवासी चितुवा आतङ्कले त्रसित

वि.सं.२०८२ जेठ १८ आइतवार

735 

shares

झापा । हात्ती प्रभावित मेचीनगर नगरपालिका–२ र ४ मा दैनिकजसो चितुवाले बाख्रा मार्न थालेपछि स्थानीयवासी समस्यामा परेका छन् ।

दिनभरि चिया बगान, पारिवारिक निजी वनमा लुक्ने उक्त चितुवाले साँझ परेपछि स्थानीयवासीका खोरबाट बाख्रा, सुँगुर मारेर खाने गरेको मेचीनगर–२ का वडाध्यक्ष दीपक बरालले जानकारी दिए । विगत लामो समयदेखि हात्ती र बाँदरको आतङ्क खेपिरहेको बाहुनडाँगीले पछिल्लो १५ दिनयता चितुवाको थप आतङ्क खेप्नुपरेको उनले बताए । “हात्तीको नियमित आतङ्क, बाँदरको अस्वाभाविक बिगार खेपिरहेका हामीले फेरि चितुवाको पनि सामना गर्नु परिरहेको छ”, वडाध्यक्ष बराल भन्छन्, “प्रत्येक दिन खोरबाट बाख्रा, सुँगर तानेर खाइरहेको छ । अब बालबालिका कसरी जोगाउनु भन्ने चिन्ता छ ।”

हालसम्म दुई दर्जनभन्दा बढी खसीबाख्रा र सुँगर मारेर चितुवाले खाइसकेको छ । स्थानीय चिया बगानमा कार्यरत श्रमिक, बिहान बेलुका बाटो हिँड्ने व्यक्ति र स्कुले बालबालिका चितुवाको सम्भावित आक्रमणले त्रसित रहेको उनले बताए । “अहिलेसम्म खसीबाख्रा मात्र मारिरहेको छ”, उनले भने, “चितुवाले कुनै पनि बेला बालबालिका, बाटो हिँड्ने र बगानमा काम गर्ने मानिसलाई आक्रमण नगर्ला भन्न सकिने अवस्था छैन ।” मानवीय क्षतिको समेत त्रास बढेकाले चितुवालाई नियन्त्रणमा लीन फलामे खोरमा पासो थापिएको उनले जानकारी दिए ।

उनले डिभिजन कार्यालय झापा, जीवजन्तुका क्षेत्रमा काम गरिरहेका सङ्घसंस्था र व्यक्तिहरूलाई तत्काल यस क्षेत्रमा रहेको चितुवा नियन्त्रणमा पहल गरिदिन सामाजिक सञ्जालमार्फत अपिलसमेत गरेका छन् । उनले यस क्षेत्रमा दुई वा सोभन्दा बढी वयस्क चितुवा रहेको दाबी गरे ।

दुई महिनाअघि मेचीनगर–४ बाहुनडाँगीमा समेत चितुवा स्थानीयवासीको एक दर्जन खसीबाख्रा मारेको थियो । कनकाईस्थित जामनुखाडी सामुदायिक वनबाट फलामे खोर ल्याएर पासो थापे पनि हालसम्म चितुवा नियन्त्रणमा लिन नसकेको वडाध्यक्ष अर्जुनकुमार कार्कीले जानकारी दिए ।

डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले चितुवाले पशु चौपाया मार्ने खाने गरेता पनि मानवीय क्षति नभएको बताए । उनले चितुवा हिँडिरहने जनावर भएका कारण इलाम झापाको सीमावर्ती क्षेत्रमा बस्ने गरेको हुन सक्ने बताए ।

सात वर्षअघि पनि यही क्षेत्रमा चितुवा देखा परेको थियो । त्यस बेला खोरमा पारेर चितुवालाई नियन्त्रणमा लिइएको वडाध्यक्ष कार्कीले बताए । बाहुनडाँगी नजिकै सीमावर्ती भारतीय क्षेत्रमा वन्यजन्तु आरक्षण केन्द्र भएको हुँदा त्यहाँबाट कहिलेकाहीँ जङ्गली जनावर डुल्दै आइपुग्ने गर्छन् । विगतमा निगाले बाघ र गौरी गाईसमेत बाहुनडाँगीमा फेला परेका थिए ।रासस/फाइल फोटो

 

वि.सं.२०८२ जेठ १८ आइतवार ०९:२१ मा प्रकाशित

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक...

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...