back
CTIZAN AD

ठेक्का सम्झौता म्याद सकिनु अगावै कालोपत्र सम्पन्न

वि.सं.२०८२ जेठ १९ सोमवार

648 

shares

दमौली (तनहुँ) । यहाँको देवघाट गाउँपालिका–५ स्थित वडा कार्यालयदेखि ठिमुरा पुलसम्मको सडकमा ठेक्का सम्झौता म्याद सकिनु एक महिना अगावै कालोपत्र सम्पन्न भएको छ ।

निर्माण कम्पनी दक्ष इन्जिनियिरिङ चितवनले सम्झौता अवधिभन्दा एक महिना अघि कालोपत्र पूरा गरेको हो । सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार १३० मिटर लम्बाइको उक्त सडक कालोपत्र गर्ने प्रयोजनका लागि सो कम्पनीसँग गत कात्तिक २७ गते सम्झौता भएको थियो । निर्माण सम्झौताअनुसार विसं आगामी असार २० गतेसम्ममा कालोपत्र गर्नुपर्ने थियो ।

सडक डिभिजन कार्यालय चितवनमार्फत सो कालोपत्र ठेक्का लगाइएको हो । कुल ७३० मिटर पक्की नालामध्ये ४०० मिटर सडक डिभिजन चितवनमार्फत र बाँकी ३३० मिटर शहरी विकास मन्त्रालय अन्तरगतको पूर्वाधार कार्यालय पोखरामार्फत् गरिएको हो । उक्त सडक कालोपत्रका लागि रु एक करोड ५६ लाख लागत इष्टमेट भएपनि ठेक्का प्रक्रियामार्फत निर्माण कम्पनीले रु एक करोड सात लाख ६५ हजारमा निर्माण गरेको हो ।

देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ स्थित ठिमुरामा बनेको मोटरवेल पुल जोड्ने उक्त बाटो कच्ची हुँदा सर्वसाधारणलाई सास्ती थियो । सडक कालोपत्र भएपछि सर्वसाधारणलाई आवतजावतमा सहज भएको देवघाट गाउँपालिका–५ का वडाध्यक्ष पूर्णबहादुर कुवरले बताए । उनले भने, “सडक कच्ची हुँदा धुलो र हिलोले स्थानीयवासी आजित थिए । अहिले नालासहित सडक कालोपत्र सम्पन्न भएको छ ।” रासस/फाइल फाेटाे

 

वि.सं.२०८२ जेठ १९ सोमवार ०८:५६ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...