back
CTIZAN AD

‘अफगानिस्तानको आगो’ लोकार्पण

वि.सं.२०८२ जेठ २० मंगलवार

660 

shares

पोर्चुगल । अनेसास पोर्चुगलको आयोजनामा रामप्रसाद पन्त (आरपी) द्वारा लिखित संस्मरणात्मक निबन्ध सङ्ग्रह अफगानिस्तानको आगो लोकार्पण भएको छ । पोर्चुगलका लागि नेपाली महामहिम राजदूत प्रकाशमणि पौडेलको प्रमुख आतिथ्यतामा कृति लोकार्पण कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथि राजदूत प्रकाशमणि पौडेल, बिशिस्ट अतिथि नेपाली राजदुतावास पोर्चुगलका द्धितीय सचिब रामबाबु नेपाल, कार्यक्रम अध्यक्ष सबी श्रेष्ठ र लेखक रामप्रसाद पन्त (आरपी) को हातबाट कृतिको लोकार्पण गरिएको हो ।

नेपाली राष्ट्रिय गीतबाट शुरूवात भएको कार्यक्रमको स्वागत मन्तब्य अनेसासका निवर्तमान केन्द्रीय सदस्य यादव देवकोटाले गरेका थिए । लोकार्पण कृति अफगानिस्तानको आगोमाथि अर्जुन श्रीले टिप्पणी गरेका थिए । साथै अफगानिस्तानमा भोगेको भोगाइ नै पुस्तकको मुल लेखकीय भाव रहेको लेखकले बताए ।

कार्यक्रममा नेपाली दूतावास पोर्चुगलका द्दितिय सचिब रामबाबु नेपाल, एनआरएनए आइसिसी सदस्य राजकुमार थापा, नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगल अध्यक्ष चोपकुमार मगर, साकोस नोबेल साहित्य संस्था संस्थापक अध्यक्ष सरस्वती गौतम, नेपाल पत्रकार महासंघ युरोपका उपमहासचिव कलश खरेल लगायतले शुभकामना राखेका थिए ।

प्रवासमा भोगेको पीडालाई पुस्तकको रुपमा ल्याउनु महत्वपूर्ण रहेको भन्दै प्रमुख अतिथिले लेखकलाई धन्यवाद दिदै यति राम्रो कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई समेत धन्यवाद दिए । अध्यक्ष सवी श्रेष्ठले कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रमको संचालन अनेसास पोर्चुगलका महासचिव एन बी अन्जानले गरेका थिए ।

 

वि.सं.२०८२ जेठ २० मंगलवार १४:५८ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले...

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ ।...

‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुने 

‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुने 

सुदूरपश्चिम । सहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयले यसै शैक्षिकसत्रमा...

राष्ट्रिय आमसञ्चार विधेयक तर्जुमा गर्न अवधारणापत्र सार्वजनिक

राष्ट्रिय आमसञ्चार विधेयक तर्जुमा गर्न अवधारणापत्र सार्वजनिक

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले आमसञ्चार क्षेत्रलाई समयानुकूल, एकीकृत...

राष्ट्रियसभामा कसले के भनाई राखे ?

राष्ट्रियसभामा कसले के भनाई राखे ?

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले स्वास्थ्य बिमा, जातीय विभेद्,...

नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चको पुनरावलोकन अनुमति

नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चको पुनरावलोकन अनुमति

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण इजलासले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी...