back
CTIZAN AD

नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको अध्यक्षमा मनिष गुरुङ

वि.सं.२०८२ जेठ २१ बुधवार

924 

shares

इन्दिरा चाम्लिङ, बेल्जियम । नेपाली जनप्रगतिशील मञ्चको अध्यक्षमा मनिष गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।

मन्चको  जुन १ मा लुभेन शहरमा सम्पन्न १३ औं अधिवेशनले संगठनको विधान संशोधन गर्दै कार्यसमिति विस्तार गरेको हो । जसअनुसार तमु राष्ट्रिय मुक्ति मोर्र्चा युरोप इन्चार्ज समेत रहेका गुरुङको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्विरोध चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

बन्द सत्रबाट विधानको अनुच्छेद ४ ९७० १ मा संशोधन प्रस्ताव पारित गर्दै कार्यसमितिको संख्या १९ बाट २१ मा र्पुयाइएको हो । सोही अनुसार, कार्यसमितिमा तीन उपाध्यक्षहरू, तीन सचिवहरू, एक महासचिव, प्रवक्ता, कोषाध्यक्ष र सदस्यहरू गरी नयाँ संरचना तयार गरिएको छ ।

अध्यक्ष पदमा मनिष गुरुङ चयन भएका छन् भने उपाध्यक्षमा भिम सुवेदी, साबित्रा भारती र रुपेश श्रेष्ठ निर्वाचित भएका छन् । साथै महासचिवमा शुसिला खतिवडा, सचिवमा दिलिप कुमार हमाल, रमेश दाहाल र तेज अर्याल, प्रवक्तामा दिल निशानी मगर र कोषाध्यक्षमा जीत कुमारी कुँवर निर्वाचित भएकी छन् ।

 

त्यसैगरी सदस्यहरूमा सीता दाहाल, लक्ष्मी सुवेदी, नारायण भुर्तेल, चित्र कुमारी खतिवडा, विरेन्द्र लामा, हिमाल बुढा, विरजन बुढामगर र तारा बुढामगर चयन भएका छन् ।

सल्लाहकारहरूमा सतमान पुन, श्याम बुढा मगर चयन भएका छन भने अधिवेशनको निर्णयअनुसार बाँकी तीन सदस्य कार्यसमितिले मनोनयन गर्नेछ ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली राजदूतावास ब्रसेल्स, बेल्जियमकी राजदूत सेवा लम्सालको उपपस्थिति रहेको थियो । लम्सालले नेपालीहरूको संगठनात्मक एकता र सामाजिक जागरणमा नेपाली जनप्रगतिशील मञ्चको भूमिका उच्च रहेको बताउँदै नयाँ नेतृत्वलाई शुभकामना दिएकी थिइन् ।

“प्रवासी भूमिमा नेपाली चिरा भएर होइन, चिना भएर चम्कनुपर्छ । एकताको बलले मात्र पहिचान मजबुत हुन्छ,” लम्सालले भनिन् ।

त्यसैगरी विशेष अतिथि नेकपा .माओवादी केन्द्र) का केन्द्रीय सदस्य सुरेन्द्र भुसालले शुभकामना दिँदै संगठनको वैचारिक स्पष्टता र सामाजिक योगदानको प्रशंसा गरेका थिए । “जनचेतनाको प्रवाहलाई निरन्तरता दिने यो मञ्चले युरोपभर प्रगतिशील आन्दोलनको गतिशील धरोहर बन्नेछ,” उनले भने ।

पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेश संयोजक उदयराज गौतमले शुभकामना दिने क्रममा नयाँ नेतृत्वप्रति विश्वास व्यक्त गर्दै संगठनात्मक अनुशासन र समर्पणलाई बलियो बनाउने प्रतिबद्धता प्रकट गरे ।

अर्का अतिथी प्रवास सहसंयोजक सुष्मा भुषाल, मगर राष्ट्रिय मुक्ति मोर्चा प्रवास इन्चार्ज र प्रवास सदस्य बिरमान मगरले भने, “नेतृत्व पाउनु मात्रै पर्याप्त हुँदैन, जिम्मेवारी पुरा गर्नु नै वास्तविक नेतृत्व हो । यो नेतृत्वले त्यो चुनौती पूरा गर्नेछ भन्ने विश्वास छ ।

निर्वाचन समितिका संयोजक कृष्ण तिवारी, सदस्य लोक प्रसाद दाहाल र अर्जुन अधिकारीले नयाँ कार्यसमितिको औपचारिक घोषणा गरेका थिए ।

अधिबेशनमा डेनमार्कबाट उदयराज गौतम, बेल्जियमबाट प्रेस सेन्टर युरोप इन्चार्ज केजिन राई, अष्ट्रियाबाट युरोप महासचिब धर्मराज खतिवडा, स्पेनबाट युरोप उपाध्यक्ष गंगा भुषाल, युरोप सचिब अर्जुन आचार्य, फ्रान्स अध्यक्ष अशोक तिवारी पोर्चुगलबाट पूर्बअध्यक्ष राज गौतम, फ्रान्स सचिब हरि पौडेल लगायतको उपस्थिति रहेको थियो ।

अधिवेशनको सभापतित्व प्रकास पोडेल र सन्चालन महासचिब कल्पना मगरले गरेका थिए । समापन समारोहमा सांस्कृतिक प्रस्तुति र शुभकामना मन्तव्यहरू प्रस्तुत गरिएका थिए ।
नवगठित कार्यसमितिले संगठनात्मक सुदृढीकरण, सामाजिक न्यायको प्रवद्र्धन र प्रवासी नेपालीको हकहितका लागि अझ सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ ।

 

वि.सं.२०८२ जेठ २१ बुधवार ०९:४७ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...