back
CTIZAN AD

एम्बार्क कलेजका सीईओ आशिष ठाकुर सर्वोत्कृष्ट युवा तथा सीप विकास शिक्षा सीईओबाट सम्मानित

वि.सं.२०८२ जेठ २१ बुधवार

639 

shares

ललितपुर । एम्बार्क कलेजका कार्यकारी निर्देशक तथा सीईओ आशिष ठाकुर प्रतिष्ठित ग्लोबल सीईओ एक्सिलेन्स अवाड्र्स, सीईओ रिभ्युद्वारा ‘सर्वोत्कृष्ट युवा तथा सीप विकास शिक्षा सीईओ २०२५ (नेपाल)’को रूपमा सम्मानित भएका छन । यो सम्मानले नेपालको शिक्षा र जनशक्ती विकासमा दूरदर्शी नेतृत्व र प्रभावशाली योगदानलाई कदर गरेको छ ।

ठाकुरको नेतृत्वमा, एम्बार्क कलेजले प्रयोगात्मक, सीपमा आधारित शिक्षाको केन्द्रको रूपमा आफूलाई द्रुत गतिमा स्थापित गरेको छ । युनिभर्सिटी अफ रोहेम्प्टन (बेलायत) सँगको साझेदारीमा, कलेजले विज्ञान स्नातक (बिजनेस म्यानेजमेन्ट) र एम बी ए कार्यक्रमहरू संचालन गरेको छ । जसले शैक्षिक सतिकतालाई व्यावहारिक शिक्षासँग एकीकृत गर्दछ ।

शिक्षाविद र उद्योगबीचको सम्बन्धलाई जोड्ने कडीका रुपमा उनले एम्बार्क बिजनेस इन्क्युबेशन सेन्टर स्थापना गर्नेे जस्ता पहलहरूलाई जन्म दिएका छन् । जसले विद्यार्थी–नेतृत्वका स्टार्टअपहरूलाई हौसला प्रदान गर्दछ साथै एम्बार्क रिसर्च नेटवर्कले, जसले भर्खरै नेपालमा दिगोपन र वित्तीय समावेशीकरणलाई समेटेर एउटा महत्वपूर्ण पुस्तक पनि प्रकाशित गरेको छ ।

‘यो सम्मान हाम्रा विद्यार्थीहरू, प्राध्यापकहरू र साझेदारहरूको सामूहिक प्रयासको प्रतिबिम्व हो जसले जीवन परिवर्तन गर्न सीप र नवीनताको शक्तिमा विश्वास गर्छन’, सम्मान ग्रहणपछि ठाकुरले भने, ‘एम्बार्कमा, हामी नेपालको भविष्यलाई आकार दिने नैतिकवान् तथा उद्यमशील नेतृत्वहरूको उत्पादन एवं क्षपोषण गर्न प्रतिबद्ध छौं ।’

एम्बार्क कलेजले विद्यार्थी र प्राध्यापक आदानप्रदान, संयुक्त अनुसन्धान, र व्यावसायिक विकास कार्यक्रमहरू सहज बनाउन भर्खरै सिंगापुरको एभेन्टिस ग्राजुएट स्कूल, बंगलादेशको ड्याफोडिल इन्टरनेशनल युनिभर्सिटीसँग एमओयू (समझदारी पत्र) मा हस्ताक्षर गरेको छ । जसले भविश्यमा यस एम्बार्क कलेजले शैक्षिक सहकार्यहरू मार्फत् आफ्नो विश्वव्यापी पहुँच विस्तार गर्न पनि योगदान गर्नेछ ।

एम्बार्क कलेज, गोल्छा ग्रुप र ग्लोकलको संयुक्त पहलमा स्थापित, विश्व–स्तरीय व्यापार र व्यवस्थापन शिक्षा प्रदान गर्न समर्पित नेपालको भविष्य–उन्मुख उच्च शिक्षण संस्था हो । युनिभर्सिटी अफ रोहेम्प्टन (बेलायत) सँगको सहकार्यमा, एम्बार्कले विज्ञान स्नातक (बिजनेस म्यानेजमेन्ट) र मास्टर अफ बिजनेस एडमिनिस्ट्रेशन (एमबीए) डिग्रीहरू संचालन गर्दछ र अत्याधुनिक पाठ्यक्रम, प्रयोगात्मक शिक्षा, र बलियो प्लेसमेन्टलाई समर्थन एवं एकीकृत सहयोग गर्नेछ । नेपालको सामाजिक–आर्थिक प्रगतिलाई अगाडि बढाउन नैतिकवान नेताहरू, उद्यमीहरू एवं आविष्कारकहरू उत्पादन गर्नु कलेजको लक्ष्य रहेको छ ।

सीईओ रिभ्यु एक विश्वव्यापी मञ्च हो जसले आफ्नो वार्षिक ग्लोबल सीईओ एक्सिलेन्स अवाड्र्स मार्फत उद्योगहरूमा नेतृत्व उत्कृष्टताको कदर गर्दछ । यी पुरस्कारहरूले आफ्नो सम्बन्धित क्षेत्रमा असाधारण दूरदृष्टि, नवीनता र प्रभाव प्रदर्शन गर्ने व्यक्तिहरूलाई सम्मान गर्दछ ।

वि.सं.२०८२ जेठ २१ बुधवार १६:५९ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...