back
CTIZAN AD

ट्रेड टावरको आईपीओमा १८ लाख ४० हजारको हात रित्तो हुने

वि.सं.२०८२ जेठ २१ बुधवार

591 

shares

काठमाडौं । हिजो सम्पन्न ट्रेड टावर लिमिटेडको प्राथमिक शेयर (आईपीओ) निष्कासनमा करिब १८ लाख ४० हजार आवेदकले सेयर पाउने अवसरबाट वञ्चित भएका छन् । कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा अत्यधिक आवेदकले आवेदन दिएपछि अधिकांशको हात रित्तो भएको हो ।

कम्पनीको आइपीओमा कुल २ अर्ब ५७ करोड ७९ लाख ७९ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार २१ लाख ६९ हजार ८९१ जनाले २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले जेठ १४ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता शेयर बिक्रीमा ल्याएको थियो । मागको आधारमा हेर्दा आवेदन ७.८२ गुणा बढी परेको देखिएको छ ।

जसमा ३ लाख २९ हजार ६५० जनाले १०।१० कित्ताका दरले शेयर पाउनेछन् । बाँकी १८ लाख ४० हजारको हात रित्तो हुने भएको छ ।

वि.सं.२०८२ जेठ २१ बुधवार १७:१५ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...