back
CTIZAN AD

८१ करोड ४७ लाख बढीको कारोबारसहित अनलाइन जुवा खेल्ने खेलाउने १७ जना पक्राउ

वि.सं.२०८२ जेठ २१ बुधवार

504 

shares

काठमाडौँ । अनलाइन जुवा (सट्टाबाजी) खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा पाँँच जना भारतीय नागरिकसहित १२ जना नेपाली पक्राउ परेका छन् ।

विभिन्न देशका नागरिकहरूलाई ह्वाट्सएप/टेलिग्राममार्फत सम्पर्कमा ल्याई विभिन्न अनलाइन बेटिङ साइटहरूको प्रयोग गरी हारजित हुने तवरले व्यवसायिक रूपमा अनलाइन जुवा खेल्ने/खेलाउने कार्य भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर, ललितपुर महानगरपालिका–२६ जैनखेल भ्यूटावरस्थित घर र सोही महानगरपालिका–१० नख्खुस्थित सनराइज अपार्टमेन्टको फ्ल्याट भाडामा लिई उक्त कार्यमा संलग्न उनीहरूलाई सोमबार पक्राउ गरेको हो ।

साथै प्रहरीले उनीहरूको साथबाट ल्यापटप १४ थान, मोबाइल ६० थान, विभिन्न बैंकको चेकबुक र वचत पासबुक ९ थान, विभिन्न व्यक्तिहरूको नामको भिसा कार्ड १५ थान, नेपाली राहदानी ४ थान र भारतीय राहदानी ४ थान समेत बरामद गरेको छ ।

उनीहरूले ८१ करोड ४७ लाख ५७ हजार ४ सय ४६ रूपैयाँ ४० पैसा बराबरको अनलाइन जुवा कारोबार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरूलाई जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

वि.सं.२०८२ जेठ २१ बुधवार १७:२० मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...