back
CTIZAN AD

आज जेठ २२ गते बिहीवार, हेर्नुहोस् राशिफल कस्तो छ तपाईको आजको दिन ?

वि.सं.२०८२ जेठ २२ बिहीवार

891 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। तर परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। योजना कार्यान्वयनमा प्रतिस्पर्धीहरूले बाधा पुर्याउलान्। समयमा रकम नजुट्नाले काम रोकिन सक्छ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। लेखन कलामा पनि निखारता आउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापार, पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ। पहिले रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन्। हतारको निर्णयले काम बिग्रन सक्छ। दिगो योजना गोप्य राखेर अघि बढ्नुहोला। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ। बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन हुनेछ। सोचेको काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
ईष्र्यालु मन भएकाहरूले सताउलान्। प्रतीक्षित नतिजा कमजोर रहला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। सहयोगीहरूले साथ दिन छड्नेछन्। काम बिग्रनाले मेहनतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ, सजग रहनुहोला। कृषिक्षेत्रमा बढी परिश्रम र लगानी गर्नुपर्ला। व्यापार–व्यवसायमा थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
दिन रमाइलो र उत्साहपूर्ण रहनेछ। विभिन्न भौतिक साधन जुटाउने समय छ। मनग्य धन लाभ हुनाले सोख पूरा गर्न सकिनेछ। सोचेको उपलब्धि प्राप्त हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। मानसम्मान प्राप्त हुनुका साथै सम्मानित कामको यश लिने अवसर छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
चिताएको काम काम सजिलै सम्पादन हुनेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। कीर्तिमानी कामको यश लिने मौका छ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। व्यापारमा पनि राम्रो फाइदा हुनेछ। साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तजनबाट टाढिनुपर्ला। व्यापारमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। तापनि काममा सोचेजस्तै सफलता मिल्नेछ। व्यवसायको लगानीले मनग्य धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। यात्राको साइत जुर्न सक्छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
नियमित काम गर्दै दिगो काम प्रारम्भ गर्न सकिनेछ। रोकिएको काम बन्नेछ भने गरेका कामको राम्रो मूल्यांकन हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। सट्टापट्टा तथा चल–अचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ। मिहिनेतले सफलता दिलाउनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
विगतका कमजोरी बाहिर आउनाले समस्या पर्ला। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्। स्वार्थका लागि नजिकिनेहरूबाट सजग रहनुहोला। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। तर प्रतिफलका लागि समय पर्खनुपर्नेछ। कामको लगानी अरूका लागि खर्च हुन सक्छ। सामान्य आम्दानी भने भइरहनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मिहिनेत गर्दा तारिफयोग्य काम सम्पादन हुनेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। व्यापार–व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। विशेष अवसरले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विशेष अवसर दिलाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। कामको चुनौती समाप्त हुनेछ। नाम र दाम हातलागी हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
कामको चाप बढ्नेछ भने बन्दै गरेको काममा अवरोध आउन सक्छ। श्रमपूर्वक समर्पित हुँदा समेत लाभ उठाउन नसकिएला। आक्षेप लगाउनेहरूले दुःख देलान्। वादविवादले मन खिन्न तुल्याउनेछ। स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले व्यवहारमा समस्या पर्ने देखिन्छ। समस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। तर सबै काममा अरूको मुख ताक्नाले पछि परिनेछ। अरूको विषयमा चासो राख्दा व्यर्थैमा दुःख पाइनेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने चेष्टा गर्नुहोला।

२०८२ जेठ २२ गते, बिहीवार, (५ जुन २०२५)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

 

वि.सं.२०८२ जेठ २२ बिहीवार ०६:३७ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

बागमती । मकवानपुरको हेटौँडा नगरपालिका वडा नं ५ चिसापानी रङ्गपथस्थित...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...