back
CTIZAN AD

नाम्खाबाट कैलाश मानसरोवर दूरदर्शन सुरु

वि.सं.२०८२ जेठ २२ बिहीवार

1.5K 

shares
सिमकोट (हुम्ला) । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी लाप्चा लोलुङबाट कैलाश मानसरोवरको दूरदर्शन सुरु भएको छ ।
वैशाख महिनाको दोस्रो हप्तादेखि उत्तरी न्यालु, नारा, हिल्ला हुँदै लिमी जाने बाटो खुलेपछि जेठ महिनाको पहिलो सातादेखि आन्तरिक पर्यटक कैलाश मानसरोवरको दूरदर्शनका लागि लाप्चा पुग्ने गरेका नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले बताए ।
पर्यटकका लागि उत्कृष्ट गन्तव्यस्थल बन्नसक्ने सम्भावना भए पनि उचित व्यवस्थापनको अभावमा हाल आन्तरिक पर्यटक मात्रै यहाँ पुग्ने गरेको उनको भनाइ छ ।
कैलाश मानसरोवर दूरदर्शनका लागि जेठदेखि कात्तिकसम्म राम्रो समय मानिन्छ । हिउँदयामको छ महिनासम्म भारी हिमपात हुने हुँदा हिल्सा, न्यालु, यारी नारालगायत क्षेत्रमा जाने बाटोसमेत बन्द हुने गरेको छ । हिउँ पन्छाएर बाटो खुलेसँगै लिमी भ्यालीमा विस्तारै चहलपहल बढ्दै गएको वडाध्यक्ष पाल्जोर तामाङले बताए । “लिमीको लोलुङबाट कैलाश मानसरोवर प्रस्ट देख्न सकिन्छ । यो क्षेत्र हुम्ला सदरमुकाम सिमकोटदेखि १०५ किलोमिटर दूरीमा पर्छ । सडकको स्तरोन्नति हुने हो भने यो मार्गबाट हिल्साभन्दा अझ सहज रूपमा आवतजावत गर्न सकिनेछ”, उनले भने ।
हुम्लाको सदरमुकाम सिमकोटबाट गाडीमा एक दिनको यात्रामा लिमी भ्याली पुगिन्छ भने पैदलमार्गबाट भने चार दिन लाग्ने गरेको छ । लिमी उपत्यका जानेले खानेकुरा, टेन्ट, वाटरफ्रुप ज्याकेट, झोला, न्यानो कपडा, ट्रेकिङ सुज, लौरो, औषधि अनिवार्य रूपमा बोक्नुपर्छ ।
नेपाली भूमिबाटै कैलाश मानसरोवर दर्शन गर्ने ठाउँ भए पनि यसको प्रचारप्रसार नहुँदा पर्यटकको चहलपह बढ्न सकेको छैन ।रासस फाइल फोटो

वि.सं.२०८२ जेठ २२ बिहीवार ०९:२१ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...