back
CTIZAN AD

स्याङ्जामा १ करोड ६१ लाख बढी जरिवाना तोकिएका ८ जना पक्राउ

वि.सं.२०८२ जेठ २३ शुक्रवार

2.6K 

shares

स्याङ्जा । स्याङ्जामा विभिन्न मुद्दामा फरार रहेका बिहीबार आठ जना कसुरदार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले अदालतबाट विभिन्न मितिमा मुद्दा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका आठ जना फरार कसुरदारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

चौधरीका अनुसार कैद भुक्तान साथै एक करोड ६१ लाख आठ हजार चार सय ४२ रुपैयाँ जरिवाना असुलको लागि उनीहरुलाई जिल्ला अदालतमा उपस्थित गराईएको छ ।

भिम बहादुर विश्वकर्मालाई २३ दिन कैद र ८० लाख, कमला के.सीलाई ७९ लाख ८८ हजार, बत्ती बि.कलाई एक दिन कैद र एक लाख, शिवलाल लम्साल १६ हजार सात सय ५० रुपैयाँ जरिवाना तोकिएको थियो । उनीहरु सबै बैंकिङ कसुरका कसुरदार हुन् ।

यस्तै झबनाथ भण्डारी दुई हजार, अमराज गुरुङ एक हजार, गंगा माया गुरुङ्सेनी पाँच सय ८२ रुपैयाँ, २४ दिन कैद ढाल बहादुर सुनारलाई एक सय १० रुपैयाँ जरिवाना तोकिएको थियो । ढालबहादुर कुटपिट र बाँकी चेकअनादरका कसुरदार रहेको सूचना अधिकारी चौधरीको भनाइ छ ।

वि.सं.२०८२ जेठ २३ शुक्रवार १७:२९ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...