back

स्याङ्जामा १ करोड ६१ लाख बढी जरिवाना तोकिएका ८ जना पक्राउ

वि.सं.२०८२ जेठ २३ शुक्रवार

2.1K 

shares
IME Limited
NTC AD

स्याङ्जा । स्याङ्जामा विभिन्न मुद्दामा फरार रहेका बिहीबार आठ जना कसुरदार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले अदालतबाट विभिन्न मितिमा मुद्दा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका आठ जना फरार कसुरदारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

चौधरीका अनुसार कैद भुक्तान साथै एक करोड ६१ लाख आठ हजार चार सय ४२ रुपैयाँ जरिवाना असुलको लागि उनीहरुलाई जिल्ला अदालतमा उपस्थित गराईएको छ ।

भिम बहादुर विश्वकर्मालाई २३ दिन कैद र ८० लाख, कमला के.सीलाई ७९ लाख ८८ हजार, बत्ती बि.कलाई एक दिन कैद र एक लाख, शिवलाल लम्साल १६ हजार सात सय ५० रुपैयाँ जरिवाना तोकिएको थियो । उनीहरु सबै बैंकिङ कसुरका कसुरदार हुन् ।

यस्तै झबनाथ भण्डारी दुई हजार, अमराज गुरुङ एक हजार, गंगा माया गुरुङ्सेनी पाँच सय ८२ रुपैयाँ, २४ दिन कैद ढाल बहादुर सुनारलाई एक सय १० रुपैयाँ जरिवाना तोकिएको थियो । ढालबहादुर कुटपिट र बाँकी चेकअनादरका कसुरदार रहेको सूचना अधिकारी चौधरीको भनाइ छ ।

वि.सं.२०८२ जेठ २३ शुक्रवार १७:२९ मा प्रकाशित

कुलबहादुर राईको निधनप्रति किरात राइ यायोख्खा अमेरिकाद्वारा दुःख व्यक्त

कुलबहादुर राईको निधनप्रति किरात राइ यायोख्खा अमेरिकाद्वारा दुःख व्यक्त

काठमाडौं । किरात राई अर्गनाइजेशन अमेरिकाले किरात राइ यायोख्खा का...

“विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन्”

“विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन्”

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा जिल्ला निर्वाचन...

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

ढोरपाटन, (बागलुङ) । बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि...

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

दशथचन्द (बैतडी) । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु...

आजको बजारमा तरकारीको थोक मूल्य, कुन घट्यो कुन बढयो ?

आजको बजारमा तरकारीको थोक मूल्य, कुन घट्यो कुन बढयो ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको मौसम विवरण : यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...