back
CTIZAN AD

हलेसी तुवाचुङ नगरपालिकाले पायो ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’

वि.सं.२०८२ जेठ २४ शनिवार

441 

shares

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ प्राप्त गरेको छ । नेपालका प्रधानाध्यापकहरूको संस्था प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान)ले प्रत्येक वर्ष प्रदान गर्ने उत्कृष्ट नगरपालिका पुरस्कार यस वर्ष खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्राप्त गरेको हो ।

शिक्षा क्षेत्रमा गरेको नेतृत्व, प्रतिबद्धता र नवीन पहललाई प्रोत्साहन गर्दै हलेसी तुवाचुङ नगरपालिकालाई कोशी प्रदेशको पान उत्कृष्ट पुरस्कार–२०८२ प्रदान गरिएको प्रिन्सिपल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुदामप्रसाद गौतमले बताए । प्राध्यापक डाक्टर विद्यानाथ कोइरालाको नेतृत्वमा गठित छनोट समितिले २५ ओटा शैक्षिक मापदण्डका आधारमा मूल्याङ्कन गरेर हलेसी तुवाचुङलाई कोशी प्रदेशकै उत्कृष्ट नगरपालिका ठहर गर्दै पुरस्करका लागि सिफारिस गरेको थियो ।

संस्थाको दोस्रो राष्ट्रिय सम्मेलनको अवसरमा हलेसी तुवाचुङ नगरपालिकालाई पुरस्कृत गरिएको हो । ‘नेतृत्वका नयाँ परिभाषा ः विद्यालय उत्कृष्टताका लागि परिवर्तनको अगुवाइ’ भन्ने मुल नारामा आयोजित सम्मेलनमा नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नगर प्रमुख विमला राईलाई दोसल्ला ओढाएर पुरस्कार प्रदान गरेका हुन् ।

देशभरका शिक्षाविद्, शैक्षिक क्षेत्र सुधारका नीति निर्माता, प्राध्यापक, शिक्षक, विद्यार्थी, अभिभावकलगायत एक हजारभन्दा बढीको सहभागिता रहेको सम्मेलनमा गाउँपालिकातर्फ कोशी प्रदेशमा ईलामको रोङ गाउँपालिका पुरस्कृत भएको छ । प्रिन्सिपल्स एसोसिएसन अफ नेपालको छनोटमा उत्कृष्ट नगरपालिका चयन भएर पुरस्कृत ग्रहण गर्न पाउँदा थप हौसला मिलेको नगरप्रमुख राईले बताए ।

शैक्षिक क्षेत्रको सुधार अभियानमा लागेको हलेसी तुवाचुङ नगरपालिकामा ९० वटा विद्यालय सञ्चालनमा रहेका छन् । सामुदायिक विद्यालयहरूमा पछिल्लो तीन वर्षमा भौतिक पूर्वाधार विकास, शिक्षक दरबन्दी व्यवस्थापन, प्रसुति सट्टा शिक्षक, प्राविधिक तथा प्रविधियुक्त शैक्षिक कार्यक्रम विस्तार लगायतका काम भएका छन् ।

नगरपालिकाका विभिन्न विद्यालयमा गरी २६ वटा आरसिसी भवन निर्माण भएका छन् भने, २८ वटा सामुदायिक विद्यालयको भवन मर्मत गरिएको जनाइएको छ । कक्षाकोठा व्यवस्थापन, प्रयोगात्मक र व्यवहारिक सिकाइ केन्द्रको स्थापना, पुस्तकालय व्यवस्थापन, बालबालिकामैत्री संरचना निर्माण, खानेपानी र शौचालय व्यवस्थापन, बालमैत्री शिक्षण पद्धति अवलम्बन, शिक्षक तालिम, नियमित विद्यालय अनुगमन जस्ता विषयमा नगरपालिकाले सक्रियतापूर्वक कार्यसम्पादन गरिरहेको छ ।

महिलाले नेतृत्व गरेको हलेसी तुवाचुङ नगरपालिकामा दिवाखाजा, छात्रवृत्तिजस्ता शैक्षिक गुणस्तर सुरधारका कार्यक्रम प्रभावकारीरूपमा अगाडि बढाइएको छ । नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेसँगै शैक्षिक उपलब्धिमा समेत उल्लेख्य सुधार आएको अभिभावकहरूले बताएका छन् ।

सुशासन र शैक्षिक विकासमा हलेसी तुवाचुङ नगरपालिकाले छोटो समयमै जिल्लामा फड्को मारेको छ । महालेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनअनुसार हलेसी तुवाचुङ नगरपालिकाको बेरूजु फछ्र्योट शून्य दशमलव १५ प्रतिशत मात्रै देखिएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा हलेसी तुवाचुङ नगरपालिका बेरूजु फछ्र्योट गर्नेमा जिल्ला प्रथम भएको छ भने, प्रदेशमा तेस्रो तथा देशभरका ७५३ स्थानीय तहमध्ये दशौँ स्थानमा आएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ऐसेलुखर्क गाउँपालिका दोस्रो तथा रावाबेँसी गाउँपालिका तेस्रो भएका छन्

 

वि.सं.२०८२ जेठ २४ शनिवार ०८:३२ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...