back

कविता : इच्छा

वि.सं.२०८२ जेठ २४ शनिवार

555 

shares
IME Limited
NTC AD

राजेश न्यौपाने
नयाँ बानेश्वर, काठमाडौँ

मधुमास सरी बगोस् काव्य रचना
दिव्य होस् मन मस्तिष्क
अनि सम्पूर्ण देह रचना
गजÞब छ
गतिरोध समाप्त पार्न नपरोस्
सरितासरी बगोस् ज्ञान गंगा, निर्झर, निर्मल
म पनि वगौँ
त्यसमा तृणमूल सरी
यसै गरी जाँच गरौँ पार गरौँ
कसैको आड़ र भर नपरी,
फोड़ौँ चट्टान
नोवेलको आविष्कार विस्फोटकले सरी
सम्झौँ नीतिशास्त्रका प्रमुख पात्र
विष्णु गुप्त को हुन् भनी
भ्रममा नपरी तिनै हुन “चाणक्य “ भनी।

लैजाउँ आँसुकवि
योगमाया कृति सबै जनको–मानसमा
भिझ्ने भिझाउने गरी
गरौँ कर्म जनहित हुने गरी;
उड़ौ सबका मनको पीर मोह पार गर्ने गरी
बढ़ौ अगाडि
लिएर आह्वान योगमायाको सोच
व्यवहारमा “संसारमा आशा जगाउँ “।

ती सत्पुरुषको रहोस् सदा
सान संसारमा
जसरी रह्यो सत्कार्य गर्नेको सरह
रहोस् योग गाथा उच्चतम स्थानमा
सदा शान्त, स्थिर, समृद्ध
सातै महासागरहरू रहे सरह।

इच्छा छ यो
अशिष्ट, अनाचारी
राजेश न्यौपानेको अभिष्ट सदा
गुणकारी नीमपत्र सरह।

वि.सं.२०८२ जेठ २४ शनिवार ०८:५४ मा प्रकाशित

पिस एम्बसीले मनायो भानु जयन्ती, १ लाखको वर्ष उत्कृष्ट पुरस्कार घोषणा

पिस एम्बसीले मनायो भानु जयन्ती, १ लाखको वर्ष उत्कृष्ट पुरस्कार घोषणा

काठमाडौँ । नक्शाल स्थित पिस एम्बसीले एक भव्य कार्यक्रमका साथ...

लघुकथा : दृष्टिकोण

लघुकथा : दृष्टिकोण

सुरेशकुमार पाण्डे, दाङ, घोराही ‘नमस्ते प्रदिप दाजी !’ ‘सकिल पनि...

झिल्का कविता

झिल्का कविता

केन्टरमेश क्षेत्रीय, रोल्पा १. अहमता कति बढेछ उनलाई मात्र समाउँदा...

कविता : भानु महिमा

कविता : भानु महिमा

अलख निरञ्जन लोहार टीकापुर, कैलाली,हाल : भारत लेख्यौ अन्तर भावना...

गजल

गजल

केशवप्रसाद ढकाल ’प्रीतबीज’ सिरान्चोक–७, उपल्लो गोहोरे, गोरखा हुँदा पेट भोकै...

गजल

गजल

डा. ठाकुर मोहन श्रेष्ठ, काठमाडौँ छ बढ्दै युध्दको खतरा उता...