back
CTIZAN AD

कविता : इच्छा

वि.सं.२०८२ जेठ २४ शनिवार

951 

shares

राजेश न्यौपाने
नयाँ बानेश्वर, काठमाडौँ

मधुमास सरी बगोस् काव्य रचना
दिव्य होस् मन मस्तिष्क
अनि सम्पूर्ण देह रचना
गजÞब छ
गतिरोध समाप्त पार्न नपरोस्
सरितासरी बगोस् ज्ञान गंगा, निर्झर, निर्मल
म पनि वगौँ
त्यसमा तृणमूल सरी
यसै गरी जाँच गरौँ पार गरौँ
कसैको आड़ र भर नपरी,
फोड़ौँ चट्टान
नोवेलको आविष्कार विस्फोटकले सरी
सम्झौँ नीतिशास्त्रका प्रमुख पात्र
विष्णु गुप्त को हुन् भनी
भ्रममा नपरी तिनै हुन “चाणक्य “ भनी।

लैजाउँ आँसुकवि
योगमाया कृति सबै जनको–मानसमा
भिझ्ने भिझाउने गरी
गरौँ कर्म जनहित हुने गरी;
उड़ौ सबका मनको पीर मोह पार गर्ने गरी
बढ़ौ अगाडि
लिएर आह्वान योगमायाको सोच
व्यवहारमा “संसारमा आशा जगाउँ “।

ती सत्पुरुषको रहोस् सदा
सान संसारमा
जसरी रह्यो सत्कार्य गर्नेको सरह
रहोस् योग गाथा उच्चतम स्थानमा
सदा शान्त, स्थिर, समृद्ध
सातै महासागरहरू रहे सरह।

इच्छा छ यो
अशिष्ट, अनाचारी
राजेश न्यौपानेको अभिष्ट सदा
गुणकारी नीमपत्र सरह।

वि.सं.२०८२ जेठ २४ शनिवार ०८:५४ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...