back
CTIZAN AD

गजल

वि.सं.२०८२ जेठ २४ शनिवार

1.4K 

shares

सुधिर थापा,कुपण्डोल, ललितपुर

कोमल छ फूल भन्थे देख्दै छु धार लाग्ने
बेकार लाग्छ जीवन बाँचेर भार लाग्ने

बन्दै छ चोट गहिरो लाग्दै गएर घाउ
जीवन भयो अचानो थापेर मार लाग्ने

देखिन्छ फेरि जीवन दोधारमा भएको
गर्दै गएँ भरोसा देखिन्न सार लाग्ने

माया गरेर आफैँ टाढा भएछ कोही
बस्नै नपाइ माया छुट्नै हतार लग्ने

विश्वास फेरि कस्तो उसकै गरेछु मैले
खोजेर प्रेम आयो झूटो छ प्यार लाग्ने ।

बहर : मुजारे मुसम्मन अखरब महजÞूफ
अर्कान : मफ्ऊलु फाइलातुन् मफ्ऊलु फाइलातुन्
वजन : २२१ – २१२२ ÷ २२१ – २१२२
काफिया : आर
रदिफ :लाग्ने

वि.सं.२०८२ जेठ २४ शनिवार ०८:५७ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...