back
CTIZAN AD

गजल

वि.सं.२०८२ जेठ २४ शनिवार

1.3K 

shares

अरुण खड्का, किर्तिपुर, काठमाडौँ

हामी दुईबिच रातमा रमझम भए के चाहियो
मनका कुरा बुझ्नेसँगै घरजम भए के चाहियो

जान्छन् सबै आफ्नाहरू स्वार्थी बनी टाढा हुँदै
धनको नसाले लठ्ठ भै रमरम भए के चाहियो

दिनरात उसकै यादमा डुब्दै छ यो मेरो हृदय
टाढै बसी माया दिने प्रियतम भए के चाहियो

जिउँछौ म बेगर खै तिमी एक्लै भनी व्यर्थै भन्यौ
दिलमा प्रियाको सम्झना हरदम भए के चाहियो

तिम्रो निसानी तस्बिर यो मनमा सजाएँ हरघडी
हरदिन रुमानी प्रेमको मौसम भए के चाहियो

बहर : रजज मुसम्मन सालिम
अर्कान : मुस्तफइलुन् मुस्तफइलुन् मुस्तफइलुन मुस्तफइलुन्
वजन : २२१२ – २२१२ – २२१२ – २२१२
काफिया : अम
रदीफ :भए के चाहियो
अभ्यास : स्वर्ण पाठशाला

वि.सं.२०८२ जेठ २४ शनिवार ०९:०० मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...