back

झिल्का कविता

वि.सं.२०८२ जेठ २४ शनिवार

774 

shares
IME Limited
NTC AD

साजन पौडेल ( सञ्जय )
देवघाट – ५ , तनहूँ

१.
बात मिठो थियो
आनयास तिम्रो घातले
नमिठो चोट दियो ।

२.
तप्किन्छन् आँखाबाट शीतहरू
तिम्रा यादले सताइरहयो
बन्द गर गीतहरू ।

३.
यस्तै रहेछन् रीतहरू
झेल भयो जिन्दगीमा
भो ! नलाउने प्रीतहरू ।

४.
तिम्रा कुरा सदर
माफ गर प्रियेतम्
म भएछु बदर ।

५.
छुट्छ भक्कानो बेस्सरी
पुछिदिने कोही हुन्न
आँसु हुन्छ, आँखाभरि !।

६.
जलेर मन डढेको
यहाँ कसले देख्छ ?
दिलमा व्यथा बढेको ।

७.
सबैले देख्छन्, हाँसेको
देख्दैनन्, यहाँ कोही
आँसु पिएर बाँचेको ।

८.
जलेर हृदय सल्कियो
साहुको रिन सम्झिएर
आँखामा समुद्र छल्कियो ।

९.
आशा, भरोसा टुट्दैछन्
धेरै राजाहरू मिलेर
नेपालीको खुशी लुट्दैछन् ।

१०.
बिग्रदैँ गयो व्यवस्था
झिल्काबाट क्रान्ति गरौँ
सुधार्न हाम्रो अवस्था ।

वि.सं.२०८२ जेठ २४ शनिवार ०९:०६ मा प्रकाशित

कविता : आदिकवि सम्झना

कविता : आदिकवि सम्झना

दीनानाथ पोख्रेल, सुम्बेक, इलाम भानुभक्त कविका कवितामा । रामभक्ति रस...

कविता : रक्तदान नै प्राणदान

कविता : रक्तदान नै प्राणदान

कविराज घिमिरे,चाँगुनारायण, भक्तपुर रक्तअल्पता मुख्य शत्रु हो दिन्छ दान जो...

सुसेली

सुसेली

द्वारिका कुईँकेल, काठमाडौं १. प्रजातन्त्र रे ! भेष हिटलरको स्वतन्त्र...

गजल

गजल

एकनारायण चापागाईं ,दाङ वचन वाणजस्तो सियो के गरूँ म छ...

गजल

गजल

अरुण खड्का, किर्तिपुर तन मनमा जसले कालो जादु चलायो आँखामा...

गजल

गजल

चन्द्रावती अधिकारी, कोहलपुर, बाँके नारीका पीडा दुख सबका घरघरमा छन्...