back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८२ जेठ २४ शनिवार

1.3K 

shares

साजन पौडेल ( सञ्जय )
देवघाट – ५ , तनहूँ

१.
बात मिठो थियो
आनयास तिम्रो घातले
नमिठो चोट दियो ।

२.
तप्किन्छन् आँखाबाट शीतहरू
तिम्रा यादले सताइरहयो
बन्द गर गीतहरू ।

३.
यस्तै रहेछन् रीतहरू
झेल भयो जिन्दगीमा
भो ! नलाउने प्रीतहरू ।

४.
तिम्रा कुरा सदर
माफ गर प्रियेतम्
म भएछु बदर ।

५.
छुट्छ भक्कानो बेस्सरी
पुछिदिने कोही हुन्न
आँसु हुन्छ, आँखाभरि !।

६.
जलेर मन डढेको
यहाँ कसले देख्छ ?
दिलमा व्यथा बढेको ।

७.
सबैले देख्छन्, हाँसेको
देख्दैनन्, यहाँ कोही
आँसु पिएर बाँचेको ।

८.
जलेर हृदय सल्कियो
साहुको रिन सम्झिएर
आँखामा समुद्र छल्कियो ।

९.
आशा, भरोसा टुट्दैछन्
धेरै राजाहरू मिलेर
नेपालीको खुशी लुट्दैछन् ।

१०.
बिग्रदैँ गयो व्यवस्था
झिल्काबाट क्रान्ति गरौँ
सुधार्न हाम्रो अवस्था ।

वि.सं.२०८२ जेठ २४ शनिवार ०९:०६ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...