back
CTIZAN AD

ट्रम्पको यात्रा प्रतिबन्ध, अमेरिका प्रवेशमा १२ देशका नागरिकलाई रोक

वि.सं.२०८२ जेठ २६ सोमवार

699 

shares

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक नयाँ यात्रा प्रतिबन्ध सोमबार मध्यरातपछि तुरुन्तै लागु भएको छ । यसले एक दर्जन देशका नागरिकलाई संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ र उनको पहिलो कार्यकालबाट विभाजनकारी उपायलाई पुनर्जीवित गरेको छ ।

यो कदमले शरणार्थी मार्गहरूमा बाधा पु¥याउने र ट्रम्प प्रशासनले अवैध प्रवेशमाथिको कारबाहीलाई विस्तार गर्दै अध्यागमनलाई थप प्रतिबन्धित गर्ने अपेक्षा गरिएको छ ।

प्रतिबन्धले समेटेका इरान र अफगानिस्तान जस्ता धेरै राष्ट्रको संयुक्त राज्य अमेरिकासँग शत्रुतापूर्ण सम्बन्ध छ भने हाइटी र लिबिया जस्ता मुलुकले गम्भीर सङ्कटको सामना गरिरहेका छन् ।

गत हप्ता आफ्नो प्रतिबन्धको घोषणा गर्दै ट्रम्पले कोलोराडोमा यहुदीहरूमाथि हालै भएको ‘आतङ्कवादी आक्रमण’ ले नयाँ उपायलाई उत्प्रेरित गरेको बताए ।

यो समूहले गाजामा बन्दी बनाइएका बन्धकहरूसँगको ऐक्यबद्धतामा विरोध गरिरहेको थियो भने उनीहरूलाई ह्वाइट हाउसले आफ्नो भिसा अवधि नाघेको भन्दै एक व्यक्तिले आक्रमण गरेको थियो ।

“त्यो आक्रमणले उचित जाँच नगरिएका वा भिसा अवधि नाघेका विदेशी नागरिकहरूको प्रवेशबाट हाम्रो देशमा उत्पन्न गरेको चरम खतराहरूलाई जोड दिएको छ”, ट्रम्पले भने ।

ह्वाइट हाउसका अनुसार अफगानिस्तान, म्यान्मा, चाड, कङ्गो–ब्राजाभिल, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरूद्वारा संयुक्त राज्य अमेरिकाको सबै यात्रामा प्रतिबन्ध लगाइएको छ ।

ट्रम्पले बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका यात्रुहरूमा पनि आंशिक प्रतिबन्ध लगाएका छन् । ती देशबाट केही अस्थायी कार्य भिसाहरूलाई अनुमति दिइनेछ ।

ट्रम्पले संसारभरि खतराहरू देखा पर्दै गए अनुसार नयाँ मुलुक थप्न सकिने चेतावनी दिए ।

विश्वकप, ओलम्पिक, कूटनीतिज्ञहरू बाहिर

यो प्रतिबन्ध सन् २०२६ को विश्वकप वा सन् २०२८ मा लस एन्जलसमा हुने ओलम्पिकमा प्रतिस्पर्धा गर्ने खेलाडीहरूमा लागू नहुने ट्रम्पको आदेशमा भनिएको छ । विश्वकप संयुक्त राज्य अमेरिकाले क्यानाडा र मेक्सिकोसँग सह–आयोजना गर्दैछ ।

आदेश लक्षित देशका कूटनीतिज्ञहरूमा पनि लागू हुनेछैन ।

संयुक्त राष्ट्रसङ्घका अधिकार प्रमुख भोल्कर टर्कले ‘नयाँ यात्रा प्रतिबन्धको व्यापक र फराकिलो प्रकृतिले अन्तर्राष्ट्रिय कानूनको दृष्टिकोणबाट चिन्ता उत्पन्न गरेको’ चेतावनी दिए ।

अमेरिकी डेमोक्रेटिक सांसद र निर्वाचित अधिकारीहरूले प्रतिबन्धलाई कठोर र असंवैधानिक भन्दै आलोचना गरेका छन् ।

“मलाई ट्रम्पको क्रूर र विदेशविरोधी यात्रा प्रतिबन्धहरूले दिने पीडा थाहा छ किनभने मेरो परिवारले यसलाई प्रत्यक्ष महसुस गरेको छ”, इरानी–अमेरिकी सांसद यासामिन अन्सारीले आइतबार एक्समा भने, “हामी यो प्रतिबन्धसँग हाम्रो सबै शक्तिले लड्नेछौँ ।”

कोलोराडो आक्रमणपछि नयाँ यात्रा प्रतिबन्धको अफवाह फैलिएको थियो । ट्रम्पको प्रशासनले भिसामा संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने ‘आतङ्ककारीहरू’ लाई पछ्याउने वाचा गरेको थियो ।

अमेरिकी अधिकारीहरूले अदालतको कागजातअनुसार संदिग्ध इजिप्टका नागरिक मोहम्मद साब्री सोलिमन अवैध रूपमा पर्यटक भिसामा बसेको तर सन् २०२२ सेप्टेम्बरमा शरणका लागि आवेदन दिएको बताएका छन् ।

ट्रम्पको नयाँ यात्रा प्रतिबन्धमा विशेष गरी इजिप्ट समावेश छैन ।

उनको घोषणाले तालिबान शासित अफगानिस्तान र युद्धग्रस्त लिबिया, सुडान, सोमालिया र यमनमा राहदानी प्रशोधन र जाँचका लागि ‘सक्षम’ केन्द्रीय अधिकारीहरूको अभाव रहेको बताएको छ ।

“इरानलाई समावेश गरिएको थियो किनभने यो ‘आतङ्कवादको राज्य प्रायोजक’ हो”, आदेशमा भनिएको छ ।

अन्य देशका लागि ट्रम्पको आदेशले मानिसहरूले आफ्ना भिसाहरूको अवधि नाघ्ने औसतभन्दा बढी सम्भावनालाई उद्धृत गरेको छ । एएफपी/फाइल फोटो

वि.सं.२०८२ जेठ २६ सोमवार १२:३१ मा प्रकाशित

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...