back

काभ्रेपलान्चोक सहायता समिति बेल्जियममा उप्रेती

वि.सं.२०७४ जेठ २२ सोमवार

987 

shares

Kabhre-sahayog-samiti-belgium-1काभ्रेपलान्चोक जिल्ला घर भइ हाल बेल्जियममा वसोवास गर्दै आएका नेपालीहरुले आफ्नो जिल्लाको विकाश र समृद्दीको लागि सहयोग पुर्याउने हेतुले काभ्रेपलान्चोक सहायता समिति, बेल्जियम गठन गरेका छन् । ४ जुनका दिन सम्पन्न प्रथम भेलाबाट सर्वसम्मतिले दिनेश उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

निर्वाचित पदाधिकारीहरुमा उपाध्यक्षद्वय गोविन्द त्रिपाठी (श्याम शर्मा), उद्दव गौतम, महासचिव मोहन रावत, सचिव तिलक तामांग, कोषाध्यक्ष नवराज गौतम निर्वाचित हुनुभएको छ । यसैगरी अन्य सदस्यहरुमा सुर्यनारायण श्रेष्ठ, सहदेव गौतम, मधुसुदन पौड्याल, रैना बस्नेत, शारदा धिताल, मनोज खरेल, करुणा खरेल, राज वाइबा र रिजु बैद्य खवास निर्वाचित हुनु भएको छ ।

प्रथम भेला आयोजना गर्ने प्रयोजनका लागि ७ मई २०१७ का दिन दिनेश उप्रेतीको संयोजकत्वमा ११ सदस्यीय प्रथम भेला आयोजना तदर्थ समिति गठन भएको थियो ।

Kabhre-sahayog-samiti-belgium-2प्रथम भेला कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी- कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार एवं लुम्बिनी- कपिलवस्तु विश्व अभियान, बेल्जियमका अध्यक्ष दामोदरप्रसाद आचार्यले दिप प्रज्ज्वलन गरि कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो । कार्यक्रममा गैर आवासीय नेपाली संघका केन्द्रीय सचिव अर्जुनकुमार श्रेष्ठले विशेष अतिथिको रुपमा आसन ग्रहण गर्नुभएको थियो ।

उक्त कार्यक्रममा विशेष अतिथि श्रेष्ठले कार्यक्रम सफलताको शुभकामना सहित नवनिर्वाचित कार्यकारी समितिलाई हार्दिक बधाई तथा शुभकामना मन्तव्य राख्नुभएको थियो । त्यसैगरी प्रमुख अतिथि आचार्यले आफ्नो जिल्लाको विकाश र समृद्दीको लागि यस समिति गठनले महत्वपुर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास र अपेक्षा राख्दै जिम्मेवार भएर आफ्नो कार्यकुशलता प्रदर्शन गर्न नवनिर्वाचित समितिलाई सुसुचित गर्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

भेलाले ३ सदस्यीय सल्लाहकार समितिको समेत चयन गरेको छ । सल्लाहकारहरुमा दामोदरप्रसाद आचार्य, टिकाभक्त खरेल र राम घिमिरे हुनुहुन्छ ।

अन्तमा, कार्यक्रमको अध्यक्षता गर्नुभएका नवनिर्वाचित अध्यक्ष दिनेश उप्रेतीले सर्वसम्मतरुपमा निर्वाचित गरि आफ्नो जिल्लाको विकाश र समृद्दीको लागि जिम्मेवारी दिएर सेवा गर्ने अवसर दिनुभएकोमा तथा कार्यक्रम सफल बनाउन योगदान पुर्याउनु हुने उपस्थित सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दै प्रथम भेलाको विसर्जन गर्नुभयो । उक्त भेलाको उद्घोषण मधुसुदन पौड्यालले गर्नुभएको थियो ।

वि.सं.२०७४ जेठ २२ सोमवार १०:१० मा प्रकाशित

Himalayan Life AD
अमेरिकाका विभिन्न सहरमा यसरी मनाइयो माघे संक्रान्ति

अमेरिकाका विभिन्न सहरमा यसरी मनाइयो माघे संक्रान्ति

अमेरिका । जहाँ रहे पनि, जहाँ बसे पनि, नभुलौ हाम्रो...

पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

धरानका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीको ११...

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

प्रेम परियार,ओस्लो । नर्वे मगर संघ नर्वेले विविध कार्यक्रम गरेर...