back
CTIZAN AD

अलपत्र परेका तामाङको नया शक्ति कतारले गर्यो उद्धार

वि.सं.२०७४ जेठ २२ सोमवार

768 

shares

aita-tamangकतारको शैलिया स्थितमा एक कम्पनीमा कार्यरत आइतराम तामाङले घरमा श्रीमती बिरामी भएको खबर सुनेपछि मन थाम्न सकेनन् र कम्पनीसँग घर फर्कने बिदा मागे । तर बिदा माग्न पुगेका तामाङलाई उल्टो कम्पनीले क्याम्पबाट समेत निकालिदियो । क्याम्पबाट निकालिएपछि नेपाली साथीको कोठामा शरण लिन पुगे ।

धादिङ घर भई कतारको शैयियास्थित पेस्टीसाइड एण्ड जनरल कन्ट्रायाक्टिङ कम्पनीमा कार्यरत तामाङ ८ महिना अघि कतार पुगेका थिए । कम्पनीबाट निकालिएर अलपत्र परेका तामाङको नयाँ शक्ति कतारले उद्धार गरी नेपाल फर्काएको छ ।

उनले करिब ३ महिना काम गरेको तलबसमेत पाएका थिएनन् । कम्पनीले तामाङलाई झुलाएरै करिब एक महिना जति राख्यो । कम्पनीबाट बारम्बार फोन गरी धम्काउने गरेको र सादा कागजमा ६ हजार रियल लिएको भनि एक्जिट भिषामा समेत रोक लगाए पछि पटक पटक कतारस्थिन नेपाली दूतावासमा गएर समस्या राख्दा पनि कुनै सहयोग नमिलेको तामाङले बताए ।

अन्ततः तामाङ आइतबार रातको २ बजेको फ्लाइटमा नेपाल फर्कन सफल भएको नयाँ शक्ति कतारका भसंयोजक बिबि खरालले जानकारी दिए ।

वि.सं.२०७४ जेठ २२ सोमवार ११:३६ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...