back
CTIZAN AD

कृषि विकास बैंक बुमको एजेन्ट नियुक्त

वि.सं.२०७४ जेठ २२ सोमवार

732 

shares

adv-boomबुम रेमिट्यान्स प्रा लि, कालिमाटी सोल्टिमोड काठमाडौले कृषि विकास बैंक लिमिटेडलाई आफ्नो एजेन्ट नियूत्त गरेको छ । बुम रेमिट् मार्फत नेपालीले विदेशबाट पठाएको रकम कृषि विकास बैंक लिमिटेडले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्ने सम्झौता भएको छ । साथै कृषि विकास बैंक लिमिटेडका शाखाहरुले बुम रेमिट्यान्ससँग आवद्घ अन्य रेमिट्यान्सको पनि भुक्तानी गर्न सक्ने छ । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४ हजार वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् । कृषि विकास बैंक लिमिटेडको ७५ जिल्लामा २२४ वटा शाखाहरु रहेका छन् ।

उक्त सम्झौतामा बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र कृषि विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री लिला प्रकाश सिटौलाले सम्झौता पत्रमा हस्तक्षर गर्नुभएको छ ।

आन्तरिक संञ्जाललाई तिब्ररूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो संञ्जाललाई तिब्ररूपले विस्तार गर्दै जाने रणनिति रहेको कुराको जानकारी प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले दिनुभयो । पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ ।

बुम रेमटले हुन्डी कारोबारलाई निरूस्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम गर्दै आएको कुराको जानकारी प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले दिनुभयो । धिरेन्द्र पन्त “नेपाल श्रमिक विप्रेषण बोर्ड” गठन गरि श्रमिकहरुलाई विदेशबाट पैसा पठाउँदा लाग्ने शुल्कमा नेपाल सरकारले राहत दिनुपर्ने भनाइ राख्नुहुन्छ भने विपे्रषणको रकमलाई राष्ट्र विकासमा लगाई समृद्ध नेपाल सृजना गर्नुपर्ने बताउनुहुन्छ ।

वि.सं.२०७४ जेठ २२ सोमवार १२:२० मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

काठमाडाैँ । NIC Asia Bank ले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

प्रोग्रेसन होल्डिङ्स लिमिटेड द्वारा ५०% बोनस शेयर प्रस्ताव

प्रोग्रेसन होल्डिङ्स लिमिटेड द्वारा ५०% बोनस शेयर प्रस्ताव

काठमाडौं । प्रोग्रेसन होल्डिङ्स लिमिटेड (साबिक प्रोग्रेसन प्रोजेक्ट्स लिमिटेड) ले आफ्नो...

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

काठमाडौं  । प्रभु बैंक लिमिटेड ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत...