back

कृषि विकास बैंक बुमको एजेन्ट नियुक्त

वि.सं.२०७४ जेठ २२ सोमवार

366 

shares
GLOBAL IME AD
NTC AD

adv-boomबुम रेमिट्यान्स प्रा लि, कालिमाटी सोल्टिमोड काठमाडौले कृषि विकास बैंक लिमिटेडलाई आफ्नो एजेन्ट नियूत्त गरेको छ । बुम रेमिट् मार्फत नेपालीले विदेशबाट पठाएको रकम कृषि विकास बैंक लिमिटेडले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्ने सम्झौता भएको छ । साथै कृषि विकास बैंक लिमिटेडका शाखाहरुले बुम रेमिट्यान्ससँग आवद्घ अन्य रेमिट्यान्सको पनि भुक्तानी गर्न सक्ने छ । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४ हजार वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् । कृषि विकास बैंक लिमिटेडको ७५ जिल्लामा २२४ वटा शाखाहरु रहेका छन् ।

उक्त सम्झौतामा बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र कृषि विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री लिला प्रकाश सिटौलाले सम्झौता पत्रमा हस्तक्षर गर्नुभएको छ ।

आन्तरिक संञ्जाललाई तिब्ररूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो संञ्जाललाई तिब्ररूपले विस्तार गर्दै जाने रणनिति रहेको कुराको जानकारी प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले दिनुभयो । पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ ।

बुम रेमटले हुन्डी कारोबारलाई निरूस्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम गर्दै आएको कुराको जानकारी प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले दिनुभयो । धिरेन्द्र पन्त “नेपाल श्रमिक विप्रेषण बोर्ड” गठन गरि श्रमिकहरुलाई विदेशबाट पैसा पठाउँदा लाग्ने शुल्कमा नेपाल सरकारले राहत दिनुपर्ने भनाइ राख्नुहुन्छ भने विपे्रषणको रकमलाई राष्ट्र विकासमा लगाई समृद्ध नेपाल सृजना गर्नुपर्ने बताउनुहुन्छ ।

वि.सं.२०७४ जेठ २२ सोमवार १२:२० मा प्रकाशित

जलविद्युत् आयोजना प्रभावितलाई सीपमूलक तालिम

जलविद्युत् आयोजना प्रभावितलाई सीपमूलक तालिम

दमौली (तनहुँ) । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...

नेप्से परिसूचक ४१ अङ्कले बढ्यो

नेप्से परिसूचक ४१ अङ्कले बढ्यो

काठमाडौँ । यो साता कारोबारको अन्तिम दिन पुँजीबजारमा उल्लेख्य सुधार...

आफैँले बन्दोबस्तीका सामान बोकेर पदयात्रामा जानुपर्ने समस्या अन्त्य

आफैँले बन्दोबस्तीका सामान बोकेर पदयात्रामा जानुपर्ने समस्या अन्त्य

म्याग्दी । म्याग्दीस्थित मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आधार शिविर...

बढ्यो सुन चाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुन चाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

  काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार...

समितिद्वारा सागसब्जी र फलफूलको थोक मूल्य निर्धारण

समितिद्वारा सागसब्जी र फलफूलको थोक मूल्य निर्धारण

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...