back
CTIZAN AD

गृहमन्त्री र प्रहरी महानिरीक्षकविरुद्ध मानवअधिकार आयोगमा उजुरी

वि.सं.२०८२ जेठ २९ बिहीवार

669 

shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् । उनले आफूमाथि आक्रमण गर्नेलाई पक्राउ नगरेको भन्दै गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक दीपक थापाविरुद्ध आयोगमा उजुरी दिएका हुन् ।

गृहमन्त्री र आईजीपीले अदालतको आदेशको समेत अवज्ञा गरेको उनको आरोप छ । चलाउनेले उनीहरूलाई कारबाहीको माग गर्दै उजुरी दिएका हुन् ।

२०७७ साल असोज २० गते चलाउनेमाथि त्रिवि परिसरभित्रै कुटपिट भएको थियो । कुटपिटमा संलग्न रहेको भन्दै प्रहरीले त्यसबेला नेविसंघ त्रिवि समितिका अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल, रुपेश शाह, रविन लामा, सहयुज श्रेष्ठ, नीरज रानामगर र दीपक ओझामाथि छानविन गरेको थियो ।

आचार्यसहित सात जनाविरुद्धमा ज्यानमार्ने उद्योगमा मुद्दा दायर भएको थियो । काठमाडौं जिल्ला अदालतले २०८० मंसिर ७ गते दीपक ओझालाई सफाइ र ६ जनालाई २ वर्ष कैद, जरिवाना र क्षतिपूर्ति भराउने आदेश भएको थियो । उक्त मुद्दामा उच्च अदालत पाटनले समेत २०८१ साल माघ २२ गते क्षतिपूर्तिको रकम सामान्य हेरफेर बाहेक उक्त जिल्ला अदालतको फैसला सदर गरेको थियो ।

दोषी ठहरिएका ६ जनामध्ये दुईजना सयुज श्रेष्ठ र रबिन कुमार लामा जिल्ला अदालतको फैसला पश्चातलगत्तै पक्राउ परेर जेल चलान भएका थिए भने आचार्य र नीरज राना मगर भागेर अमेरिका र अस्ट्रेलिया पुगेकोमा उच्च अदालत पाटनमा जम्मा चारजनामाथि मात्र पुनरावेदन परेको थियो । विदेश भागेका आचार्य र मगरको हकमा अहिलेसम्म केही भएको छैन ।

उच्च अदालतको फैसला भएको ४८ दिनपछि २०८१ साल चैत्र ८ गते प्रहरीले रावललाई पक्राउ गरेर जेल चलान गरिएको भएपनि आचार्य र मगरलाई नेपाल ल्याउन गृहमन्त्री र आईजीपीले नै प्रहरीलाई रोकेको चलाउनेको आरोप छ ।

वि.सं.२०८२ जेठ २९ बिहीवार १०:३२ मा प्रकाशित

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...

धर्मेन्द्र बास्तोला अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त

धर्मेन्द्र बास्तोला अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई...

बाढी प्रभावित ११० स्थानमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

बाढी प्रभावित ११० स्थानमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौँ । नेपाल टेलिकमले बाढीबाट प्रभावित थप चार स्थान (साइट)...

बेसिनका माछा सेवन नगर्न आग्रह

बेसिनका माछा सेवन नगर्न आग्रह

काठमाडौँ । नेपाल प्रहरीले भोटेकोशी बेसिन नदीका माछा एवं नदीजन्य...