back
CTIZAN AD

नेपाल बैंकबाट ‘२० अर्व ४० करोड १५ लाख गायव’ भनिएको विषय भ्रामक

वि.सं.२०८२ जेठ ३० शुक्रवार

729 

shares

काठमाडौँ । नेपाल बैंक लिमिटेडले केही नेपाली सञ्चार माध्यमहरुले यस वैंकवाट आर्थिक वर्ष २०७४/७५ मा २० अर्व ४० करोड १५ लाख रुपैया गायव भएको भनी प्रकाशित गरेको भ्रामक, झुटो र तथ्यहिन समाचार भएको बताएको छ । बैंकले बुधबार एक विज्ञप्ति जारी गर्दै त्यस भ्रमपूर्ण समाचारप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बैंकले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा प्रचलित नेपाल कानून बमोजिम आफ्नो हिसाबकिताब राख्दै आएको, नियामकीय निकायलाई बैंकको अनुपालनाका विषयमा पूर्ण जानकारी भएको र बैंकका लेखापरीक्षण भएका वित्तीय विवरणहरु त्रैमासिक तथा वार्षिक रुपमा सबैको जानकारीको लागि सार्वजनिक गर्ने गरिएको विज्ञप्तिमार्फत जानकारी दिँदै यस्ता भ्रामक समाचारहरुमा विश्वास नगर्न सम्वन्धित सबैमा आग्रह गरेको छ ।

वित्तीय रुपमा सुदृढ रहनुको साथै नियामक निकायको नीति तथा निर्देशनहरु पूर्ण पालनामा प्रतिवद्ध रहेको तथ्य श्री नेपाल सरकार, ग्राहकवर्ग, नियामक निकाय लगायत सम्पूर्ण सरोकारवालाहरुमा विश्वस्त पार्न चाहेको समेत बैंकले जनाएको छ ।

वि.सं.२०८२ जेठ ३० शुक्रवार १०:५४ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...