back
CTIZAN AD

उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा सुरक्षा व्यवस्थामा कडाइ

वि.सं.२०८२ जेठ ३१ शनिवार

621 

shares

वीरगञ्ज (पर्सा) । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश माथि इजलास कक्षमा दुर्व्यवहार भएपछि पर्सा प्रहरीले अदालत परिसरमा सुरक्षा व्यवस्थालाई कडाइ गरेको छ ।

१४ वटै न्यायाधीशको व्यक्तिगत सुरक्षामा खटिएका ‘पिएसओ’ र अन्य सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीसमेत परिवर्तन गरेर सुरक्षा व्यवस्थालाई कडाइ गरेको छ ।

यहाँका न्यायाधीसद्वय डा खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि इजलास कक्षमा नेकपा (बहुमत)का तीन जना कार्यकर्ताले बिहीवार दिउँसो करिब ४ बजेको समयमा इजलास कक्षमै दुर्व्यवहार गरेका थिए ।

सो पार्टीको कार्यकर्ता भनिने सिरहा गोलबजारका गर्भु महतो, सर्लाही बरहथवाका पदमबहादुर मगर र प्यूठानका किशोर कुमारलाई प्रहरीले अदालत परिसरभित्रैबाट पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले न्यायाधीसद्वयमाथि दुर्व्यवहार गर्नेलाई जिल्ला अदालत पर्सामा म्याद थप गर्नका शुक्रबार पठाइएको जानकारी दिए । “खाजा खाने बाहना बनाएर अदालतभित्र छिरेका उनीहरुले मौका छोपेर न्यायाधीसद्वयमाथि दुर्व्यवहार गरेका रहेछन्,” उनले भने, “पक्राउ परेकालाई शुक्रबार अदालतमा म्याद थप गर्नका लागि पठाएका छौँ ।”

उनले दुर्व्यवहार गर्नेलाई अदालतको मानहानी, साइबर क्राइम, अभद्र व्यवहारलगायतका कसुरमा अनुसन्धान गरिने बताए ।

यसअघि १४ वटै न्यायाधीसको लागि एक–एक जना पिएसओ खटाइँदै आइरहेको थियो भने अदालत परिसरमा एक दर्जन सुरक्षाकर्मी खटाइएको थियो । प्रहरी प्रमुख मिश्रले सो घटनापछि अदालत परिसरमा सुरक्षा व्यवस्था कडाइ गरिएको जानकारी दिए । “विगत लामो समयदेखि कार्यरत रहँदै आएका १४ वटै न्यायाधीसको ‘पिएसओ’लाई परिवर्तन गरेर नयाँ पठाएका छौँ,” उनले भने, “अदालत परिसरको सुरक्षामा खटिने प्रहरीको जनशक्ति समेत थप गरेर सुरक्षालाई अझैँ मजवुत गराउने काम भइरहेको छ ।”रासस/सांकेतिक फोटो

 

वि.सं.२०८२ जेठ ३१ शनिवार ०८:४२ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...