back
CTIZAN AD

‘ग्रेटर मुन्दुम’ पदमार्गको विकासमा जुट्दै चार जिल्लाका ११ स्थानीय तह

वि.सं.२०८२ जेठ ३१ शनिवार

1.6K 

shares

भोजपुर । ‘ग्रेटर मुन्दुम पदमार्ग’ विस्तार हुने भोजपुरसहित चार जिल्लाका ११ स्थानीय तहबीच समन्वयात्मक पर्यटन प्रवर्द्धन बैठक सम्पन्न भएको छ । यहाँका पदमार्ग विस्तार हुने स्थानीय तहका जनप्रतिनिधि, पर्यटन व्यवसायी, उद्यमी, होटल व्यवसायी र पदमार्गमा आधारित पर्यटन विकासका परियोजनाबीच समन्वत्मक बैठक गरिएको हो ।

बैठकमार्फत विस्तार भइरहेको पदमार्गलाई व्यवस्थितसँगै सांस्कृति सम्पदाको संरक्षण तथा जर्गेना हुने गरी काम गर्ने निर्णय गरिएको छ । हतुवागढी, रामप्रसादराई र आमचोक गाउँपालिकाको संयुक्त आयोजनामा घोडेटारमा भएको अन्तरपालिकाबीचको सरोकारवालाको बैठकमा सुनसरीको बराहक्षेत्र नगरपालिका, उदयपुरको वेलका नगरपालिका, खोटाङको साकेला गाउँपालिका र केपिलासगढी गाउँपालिकाको सहभागिता रहेको थियो ।

त्यस्तै भोजपुरको हतुवागढी गाउँपालिका, रामप्रसादराई गाउँपालिका, आमचोक गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, साल्पासिलिछो गाउँपालिका, भोजपुर नगरपालिका र षडानन्द नगरपालिका गरी ११ वटा स्थानीय तहको सहभागिता जनाएको हतुवागढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए ।

अन्तरपालिकाबीच भएको बैठकमार्फत पदमार्गको विकासका लागि साझा धारणा लिएर अघि बढ्ने प्रतिबद्धता गरिएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । पदमार्गले छोएका स्थानीय तहबीच गरिएको कार्यक्रमले पदमार्गको विकास तथा प्रवर्द्धनमा टेवा पुग्ने उनको भनाइ छ ।

“ग्रेटर पदमार्गका विषयमा हतुवागढीमा समन्वयात्मक बैठक सम्पन्न गरेका छौँ,” अध्यक्ष राईले भने, “यो बैठकबाट पदमार्गको थप विकास लागि कसरी अघि बढ्ने भन्ने विषयमा बृहत् रूपमा छलफलसमेत गरिएको छ । अहिले सबै पालिकामा भइरहेको पदमार्ग निमार्णको कामको विषयमा छलफल गरेका छौँ ।”

अन्तरपालिका पालिकाबीच भएको सरोकारवाला पक्षको बैठक उपलब्धिमूलक बनेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए । बैठकबाट पदमार्गको कामलाई भावी दिनमा कसरी गुणात्मकढङ्गले अघि बढाउने भन्ने विषयमा योजना तयार गरिएको उनको भनाइ छ ।

पदमार्ग विस्तार भइरहेका स्थानीय तहसँगै पर्यटनसँग सम्बद्ध पक्षबीचको कार्यक्रम भएकाले यसले दिर्घकालिन महत्वलाई समेटेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । पदमार्गलाई पर्यटनसँग जोडेर संस्कृतिको संरक्षणसँगै आर्थिक पक्षको विकासमा टेवा पु¥याउन गर्न सकिने थप कामको विषयमासमेत छलफल गरिएको अध्यक्ष बस्नेतको भनाइ छ ।

पदमार्गमा आधारित पर्यटन विकास परियोजनाले पदमार्गको समग्र विषयमा जानकारी दिएको छ । साथै दिगो र नविनतम् पर्यटन विकासको अवधारणाको बारेमासमेत अवगत गराइएको छ । रासस/फाइल फोटो

 

वि.सं.२०८२ जेठ ३१ शनिवार ०८:५८ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...