back

बसुराम रिजाल बाग्मतीको अध्यक्षमा निर्वाचित

वि.सं.२०८२ असार २ सोमवार

2.4K 

shares
IME Limited
NTC AD

काठमाडौँ । नेपाल बुद्धिजीवी सङ्गठन बागमती प्रदेश समितिको अध्यक्षमा बसुराम रिजाल निर्वाचित भएका छन् । लामो समय नुवाकोटको अध्यक्ष रही प्रदेशको उपाध्यक्ष र कार्यवाहक अध्यक्ष हुँदै संगठन अभियानमा क्रियाशिल उनलाई सो संगठनको तेस्रो सम्मेलनले अध्यक्षमा निर्वाचित गरेको हो ।

संगठनका उपाध्यक्ष कल्पना शर्मा, गुणराज गौतम र भरत गौतम रहेको अध्यक्ष मण्डलको सहजीकरण तथा बागमती प्रदेश सरकारका पुर्व मुख्य न्यायाधिवक्ता अधिवक्ता ज्ञानेन्द्र नेपाल संयोजक तथा अधिवक्ताद्धय राजन बास्तोला र बालकृष्ण आचार्य रहेको निर्वाचन समितिले २०८२ साल जेठ ३१ गते शनिवार ७ सदस्य पछि थप्ने गरी ६८ सदस्यीय वागमती प्रदेश निर्वाचित भएको घोषणा गरेको थियो । संगठनका अनुसार १३ जिल्लाको समूहगत छलफल र प्रस्तुति तथा आन्तरीक जनवादको अभ्यासलाई अध्यक्ष मण्डलको सहजीकरणसहित निर्वाचन समितिका संयोजक नेपालले कार्यसमिति घोषणा गरेका थिए ।

यस्तो छ कार्यसमिति
बसुराम रिजाल अध्यक्ष, चन्द्रराज अधिकारी, धना अधिकारी पाण्डे, डा श्यामशरण श्रेष्ठ, मनप्रसाद घिमिरे र गोविन्दप्रसाद खनाल उपाध्यक्ष, भुमिराज आले मगर सचिव, खुशिलाल मोक्तान, दीलेन्द्र ढकाल, जीवनहरि आचार्य, कृष्ण प्रसाद सापकोटा र मोहन कृष्ण श्रेष्ठ सहसचिव तथा दामुप्रसाद ढुङ्गेल कोषाध्यक्षमा निर्वाचित भएका छन् ।

सदस्यहरुमा केशवराज ढंगेल, विनोद तामाङ ऋषिश्वर पौडेल, ओमनाथ तिमल्सेना, रामकुमार श्रेष्ठ, लिला ढकाल, गणेश सापकोटा, लोकबहादुर घले, ज्ञानु धरेल, एलबी घिसिङ, संदेश सिंजाली, ईश्वरचन्द्र पौडेल,ओमकार पाण्डेय, अमलकिरण ढकाल, इन्द्रमणि गिरी, अजय प्रजापति, हरिकृष्ण राउत, विष्णुहरि महर्जन, विष्णु बहादुर बस्नेत, चन्द्रमान प्रजा, अनुराधा उप्रेती, रामप्रसाद सापकोटा, रुद्रलोचन नेपाली, लक्ष्मी नारायण नेपाल, रत्नकुमार घिसिङ, नानीछोरी महर्जन, रोचन श्रेष्ठ, दुर्गामान महर्जन, तारा चौलागाई, बालकृष्ण सापकोटा, आइमान तामाङ, तीलक पाण्डे, ठाकुरप्रसाद उप्रेती, इन्द्रमणि गैरे, निर्मला पौडेल, रामेश्वर खनाल, भोजबहादुर आचार्य, आङ्निमा शेर्पा, हरिबहादुर खड्का, कृष्ण भक्त श्रेष्ठ, रामचन्द वस्नेत, टीआर शिवाकोटी,शंकर भण्डारी, श्रीकान्त पाठक, हरिप्रसाद पुडासैनी, बावुराम घिमिरे, राजेन्द्र बानिया, डा आइत बिक, रेवतराज तिमील्सीना, ईश्वरचन्द्र घिमिरे, गोकुल पाठक, कुमारप्रसाद खरेल, धनबहादुर तामाङ र हिरा कुमारी बर्तौला लगायत निर्वाचित भएका छन ।

सो संगठनको तेसे प्रदेश सम्मेलनको उद्धाटन नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पुर्व सभामुख अग्नी प्रसाद सापकोटाले गरेका थिए । अध्यक्ष बसुराम रीजालको अध्यक्षता, सह ईन्चार्ज भरत गौतमको स्वागत मंतब्य, सचिव चन्द्रराज अधिकारीको सञ्चालन र सुनिल मानन्धर लगायतका माओवादी नेताहरुको उल्लेखनीय उपस्थिति रहेको सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेताहरु अग्नी प्रसाद सापकोटा, कुमार पौडेल, खीमलाल देवकोटा,संगठनका वरिष्ठ उपाध्यक्ष नीलकण्ठ तिवारी, उपाध्यक्षहरु कल्पना शर्मा, कृष्णकोपीला, नेकपा माओवादी केन्द्र बिशेष प्रदेश उपाध्यक्ष बिष्णु थापा, संगठनका महासचिव लक्ष्मी प्रसाद पण्डीत, पुर्व ईन्चार्ज बिबि रायमाझी, पुर्व अध्यक्ष भरत शर्मा, प्राध्यापक संगठन बाग्मतीका अध्यक्ष नारायणप्रसाद अधिकारी लगायतले बिभिन्न चरणमा संबोधन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि, बिशिष्ट अतिथि र अतिथिहरुले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिसहित बौद्धिक कार्यभारका बारेमा मंतब्य राखेका थिए । कार्यक्रमको अन्तमा संगठनका वरिष्ठ उपाध्यक्ष नीलकण्ठ तिवारीले निर्वाचित समितिलाई शपथ गराएका थिए भने निर्वाचन आयोग प्रमुख उपेन्द्र पौडेलले बधाई तथा शुभकामना र नवनिर्वाचित अध्यक्ष बसुराम रिजालले प्रतिबद्धता मन्तब्य ब्यक्त गरेका थिए ।

८ जनालाई सम्मान
तेस्रो प्रदेश सम्मेलनका क्रममा सो संगठनले ८ जनालाई सम्मान गरेको छ । हालको बाग्मती प्रदेश भूगोलमा संगठन निर्माण र बिचार संप्रेषणमा योगदान दिएका बिबि रायमाझी, नन्दकुमार थापा, नीलकण्ठ तिवारी, भीमसेन गौतम, गुणराज गौतम, भरत शर्मा, कृष्ण कोपीला र भरत गौतमलाई सम्मेलनका प्रमुख अतिथि अग्नी प्रसाद सापकोटाले सम्मानपत्र दिएका थिए ।

 

वि.सं.२०८२ असार २ सोमवार ११:५२ मा प्रकाशित

कुलबहादुर राईको निधनप्रति किरात राइ यायोख्खा अमेरिकाद्वारा दुःख व्यक्त

कुलबहादुर राईको निधनप्रति किरात राइ यायोख्खा अमेरिकाद्वारा दुःख व्यक्त

काठमाडौं । किरात राई अर्गनाइजेशन अमेरिकाले किरात राइ यायोख्खा का...

“विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन्”

“विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन्”

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा जिल्ला निर्वाचन...

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

ढोरपाटन, (बागलुङ) । बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि...

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

दशथचन्द (बैतडी) । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु...

आजको बजारमा तरकारीको थोक मूल्य, कुन घट्यो कुन बढयो ?

आजको बजारमा तरकारीको थोक मूल्य, कुन घट्यो कुन बढयो ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको मौसम विवरण : यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...