back
CTIZAN AD

सम्भव होला त धुर्मुस सुन्तलीको ५ अर्बको नमुना नेपालको परिकल्पना, हेर्नुस भिडियोमा कस्तो छ नमुना नेपालको परिकल्पना

वि.सं.२०७४ जेठ २३ मंगलवार

741 

shares

naya--nepal-dhurmus-suntali

धुर्मुस -सुन्तली फाउण्डेसनबाट विभिन्न जिल्लामा तीनवटा नमूना बस्ती बनाएका हास्य कलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले ५ अर्बको नमुना नेपालको अवधारणा अघि सारेका हुन् ।
नमुना नेपाल’नेपाल भित्रको नेपाल अर्थात् ‘मिनी नेपाल’हुने फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले नमुना नेपाल सार्वजनिक कार्यक्रममा बताए ।
‘नमुना नेपाल’ बनाउनका लागि पाँच सयदेखि एक हजार रोपनी जग्गा चाहिने र पाँच अर्ब रुपैयाँ लाग्ने कट्टेलले बताए। सरकारले जग्गा मात्रै उपलब्ध गराइदियोस् नमुना नेपाल निर्माणमा धेरै सहयोगी हातहरु जुट्नै भन्दै सरकारलाई जग्गा उपलब्ध गराइदिन आग्रह गरेका छन् । फाउण्डेसनले यदि ‘सरकारले सहयोग गरेन भने पनि आफ्नै पहल यो योजनालाई साकार बनाउने बताएका छन् ।
नमुना नेपाल एउटा सिंगो नेपालको झलक दिने समावेशी बस्ती हुनेछ । नमुना नेपालमा पचहत्तरै जिल्लाबाट छानिएका विभिन्न समुदायका परिवारलाई बसालिनेछ । नमुना नेपाल परिसरभित्र मठ मन्दिर, मस्जिद, चर्च, धरहरा, भ्यू टावर, संग्रालय तथा विविध सांस्कृतिक तथा जातीय विविध झल्किने संरचनाहरू निर्माण हुनेछ ।
उनले नमुना नेपालले पर्यटकलाई तान्ने र यसले नेपाललाई विश्वसमुदायमा परिचित गराउने विश्वास व्यक्त गरेका छन् ।
उनीहरुको नमुना नेपाललाई अल्का अस्पतालले २५ लाख र मुक्तिनाथ विकास बैंकले १० लाख रुपैयाँ सहयोग घोषणा गरेका छन् । उनीहरुले आफूहरुले बनाउन लागेकाा नमुना नेपाल कस्तो हो भन्ने कुराको सोच एक भिडियो मार्फत सार्वजनिक पनि गरेका छन् । यो भिडियो हेरेपछि उनीहरुले बनाउने भनेको नमुना नेपाल कस्तो हो भन्ने कुरा स्पष्ट हुन्छ ।

वि.सं.२०७४ जेठ २३ मंगलवार ०२:३० मा प्रकाशित

व्यक्तिगत जीवनमा आत्मनिर्भरताकाे अभ्यास कसरी गर्ने ?

व्यक्तिगत जीवनमा आत्मनिर्भरताकाे अभ्यास कसरी गर्ने ?

स्वनिर्भरता भनेको जीवनका चुनौतिहरू सामना गर्न, स्वतन्त्र निर्णयहरू लिन र...

निर्वाचनमा ओखलढुंगाः एक विश्लेषण

निर्वाचनमा ओखलढुंगाः एक विश्लेषण

कोशी प्रदेश अन्तर्गत पर्ने ऐतिहासिक, साँस्कृतिक महत्वको शदिद भूमि हो-...