back
CTIZAN AD

पर्वतमा नहर बनाएर बाढी नियन्त्रण

वि.सं.२०८२ असार ५ बिहीवार

810 

shares

पर्वत । जिल्लाको जलजला गाउँपालिका–७ धाइरिङस्थित गुन्टेखेत र सल्यानको बस्ती संरक्षणका लागि नहर निर्माण गरेर बाढी नियन्त्रण गरिएको छ । बस्तीभन्दा माथिबाट आउने बाढी र पहिरोका कारण बर्सेनि जोखिम बढ्दै गएपछि क्षति रोकथामका लागि नहर निर्माण गरिएको हो ।

गाउँभन्दा माथि रहेको नाथिमारेको डाँडाबाट खस्ने बुढीकुलोसहितको बाढीले सल्यानको बस्तीलाई जोखिममा पारेपछि बाढी नियन्त्रणका लागि वैकल्पिक नहर निर्माण गरिएको स्थानीय रुद्रलाल उपाध्यायले बताए । बाढीपहिरोको जोखिमका कारण वर्षायाममा त्रासमा बस्नुपर्ने बाध्यता अन्त्य भएको स्थानीय दुर्गा पौडेलले बताए ।

ठोट्नेरी, धारापानी, गुन्टेखेत हुँदै बग्ने बुढीकुलोका कारण सल्यान गाउँ बाढीपहिरोको जोखिममा परेपछि गाउँपालिकाले चालु आर्थिक वर्षमा बस्ती संरक्षण योजना सञ्चालन गरेको थियो ।

पालिकाले विनियोजन गरेको रु ३५ लाख २० हजार लगातमा बाढी नियन्त्रण गर्न तीन सय ५० मिटर लामो नहर निर्माण गरिएको जलजला गाउँपालिकाका इञ्जिनियर सुनिल बानियाँले जानकारी दिए ।

गत माघ ७ गते जेठ मसान्तभित्र निर्माण सम्पन्न गर्न उपभोक्ता समितिसँग योजनाको सम्झौता गरिएको थियो । बूढीकुलो बाढी नियन्त्रण योजनाअन्तर्गत गुन्टेखेतमा कुलो निर्माण गरिएको उल्लेख गर्दै तोकिएको मितिमा निर्माणको सम्पन्न भएको उनले जानकारी दिए ।

गुन्टेखेत गाउँभन्दा माथिबाट पक्की नहर निर्माण गरेर बाढीलाई लुङ्दी खोलामा खसाल्ने गरी निर्माण गरिएको बूढीकुलो बाढी नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष गङ्गाधर आचार्यले बताए । बूढीकुलोमा पानीसँगै आएको बाढीले सल्यानको बस्तीलाई उच्च जोखिममा पारेपछि बस्ती संरक्षणका लागि वैकल्पिक नहर बनाएर पानीसहितको बाढी लुङ्दी खोलामा जाने व्यवस्था मिलाइएको उनले बताए ।

गत वर्ष बूढीकुलोमा आएको बाढीका कारण नाथिमारेबाट खसेको पहिरोले सल्यानको भिरकुना र गगनपानीमा घर तथा खेतीयोग्य जमिनमा क्षति पु¥याएको थियो । बाढी खसेर स्थानीय रुद्रलाल उपाध्याय, गिरिधारी पौडेल, महानन्द पौडेल, माधवप्रसाद पाध्या, नारायणप्रसाद पाध्या, खेमराज पौडेल, दुर्गा पौडेललगायत स्थानीयको एक सय मुरी धान फल्ने खेत पुरिएको थियो भने पहिरो खसेर गगनपानीका चार घर उच्च जोखिमा परेका थिए ।

निर्माणाधीन मिलनचोक–सल्यान–गुन्टेखेत–घायखेत–धारापानी–ठोटनेरी सडक आयोजनाका कारण गाउँभरीको पानी बूढीकुलोमा जम्मा भएर सल्यानमाथिको डाँडाबाट बस्तीतिर खस्दा गाउँ जोखिममा परेपछि गुन्टेखेतबाट वैकल्पिक नहर निर्माण गरी लुङ्दी खोलामा पानी फाल्ने व्यवस्था गरिएको जलजला–७ का वडाध्यक्ष टुङ्गनाथ आचार्यले बताए । बाढी नियन्त्रण गर्न कुलो निर्माण गरेसँगै जोखिम कम हुने उनले विश्वास व्यक्त गर्नुभयो ।

वि.सं.२०८२ असार ५ बिहीवार १३:२९ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...