काठमाडौँ । ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा फेदीखोला गाउँपालिका–३ कराम्दी बस्ने २७ वर्षीय सूर्य मिजारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
मिजारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनलाई फेदीखोला गाउँपालिका आरूखर्कबाट पक्राउ गरेको हो ।
यस्तै ४६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम नगरपालिका–६ गढी बस्ने ३२ वर्षीय नर बहादुर विश्वकर्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
नर बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
वि.सं.२०८२ असार ६ शुक्रवार १३:२२ मा प्रकाशित






























