back
CTIZAN AD

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

वि.सं.२०८२ असार ६ शुक्रवार

519 

shares

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का रामकुमार राईले विनियोजन विधेयक, २०८२ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको शीर्षकको खर्च रकममा एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।

“निर्यात प्रवद्र्धन गर्ने भनेर हामीले आवाज उठाइरहेका थियौ । यसका लागि स्थानीय मदिरालाई बजारीकरण गर्नुपर्छ, जुटमिल, धाको उद्योगलगायत स्वदेशी उद्योगमा बजेट छुट्याइएको छैन,” उनले भने,“आधुनिक कृषि औजारका लागि पनि बजेट विनियोजन हुन सकेको छैन । आत्मनिर्भरताका लागि बजेट छुट्याइएको छैन ।”

माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले विनियोजन विधेयक, २०८२ अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय घटाई एक रुपैयाँ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।

प्रस्ताव पेस गर्दै पौडेलले दलित, भूमिहीन, सुकम्बासी र अव्यवस्थितलाई जग्गा दिने भने पनि कसरी जग्गा उपलब्ध गराउने बजेटमा उल्लेख नभएको भन्दै असहमति जनाए । “कुन ठाउँको जग्गा पीडित समूहलाई उपलब्ध गराउने हो खुलाइएको छैन । खोला किनाराको जग्गा हो कि, मध्यवर्ती क्षेत्रको जग्गा हो या कहाँको जग्गा उपलब्ध गराउने खुलाइएन,” उनले भने,“बजेटले जनताको मुद्दालाई सम्बोधन गर्न सकेन ।”

नेपाल किसान मजदुर पार्टीका सांसद प्रेम सुवालले विनियोजन विधेयक, २०८२ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।

प्रस्ताव पेस गर्दै सांसद सुवालले मोहयानी हक दिनुपर्ने, कृषि उत्पादन बढाउनुपर्नेलगायतका विषयलाई प्रथामिकता दिन नसकिएको भन्दै जलविद्युत् उत्पादनमा लगानी बढाउनुपर्ने बताए ।

वि.सं.२०८२ असार ६ शुक्रवार १४:०० मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...