back
CTIZAN AD

सत्यको खोज

वि.सं.२०८२ असार ८ आइतवार

3.8K 

shares

अनुसन्धान र विकास अहिलेको विश्व परिवेशमा प्राथमिकतामा परेको अवधारणा हो । अहिले जसलाई पनि नयाँपन चाहिएको छ, प्रतिस्पर्धामा अब्बल ठहरिन परेको छ, अनि अरूले नदेखेका बाटाहरू पहिल्याउनु परेको छ । असली खुशी त त्यतिवेला आउँछ, जतिवेला हामी आफ्नै बाटो पहिल्याउन सक्छौँ र अरूलाई पनि हाम्रो नवीनताको बारेमा उदाहरण दिन सक्छौँ । मनको लड्डु घ्यूसँग खाने भनेझैँ यो त्यत्तिकै आउने चिज होइन । यसका लागि त अनुसन्धान र विकास राज्यको व्यापक प्राथमिकतामा पर्नुपर्छ । यो प्राथमिकता यससँग सम्बन्धित योजना, रणनीति र लगानीमार्फत प्रकट हुने गर्दछ । अनुसन्धान सम्बन्धी हाम्रो रैथाने ज्ञान यहाँ सान्दर्भिक छ –

बुद्धले एउटा नया“ शब्द भने, सोध । खोज । श्रद्धाको अर्थ हुन्छ, खोज्नुभन्दा पहिला मान । श्रद्धाको अर्थ हुन्छ, मान पहिला, खोज पछि । तर बुद्ध भन्छन्, ‘‘यदि तिमीले पहिला नै मानी सक्यौ भने कसरी खोज्छौ रु फेरि त मान्यता नै बाधा भयो । खोजको अर्थ हुन्छ, मात्रै मलाई थाहा छैन र म थाहा पाउन चाहन्छु भन्ने बोध रहनु । यदि आस्तिकलाई सोधेमा उनीहरूले भन्नेछन्, ‘‘ईश्वर छन्, मेरो श्रद्धा हो ।’’ नास्तिकसँग सोध्यौ भने उनीहरूले भन्नेछन् ‘‘ईश्वर छैनन्, यो मेरो श्रद्धा हो ।’’

आस्तिक र नास्तिक दुई ओटा नै श्रद्धालु हुन् । एउटाले ईश्वर हुनुलाई मान्छ, अर्कोले ईश्वर नहुनुलाई । बुद्ध भन्छन्, ‘‘दुइटा नै सत्यका पक्षपाती होइनन् । खोजको अर्थ हुन्छ, जसले भन्नेछ मलाई थाहा छैन, म अ“ध्यारोमा उभिएको छु । खोज्नु छ । जबसम्म खोज हुँदैन तबसम्म यी कुरा सत्य छन् या छैनन् कसरी भन्न सक्छु ! खोज पूरा भएपछि भन्नेछु । निष्पत्ति त पछाडि आउनेछ । यही त विज्ञानको प्रक्रिया हो । विज्ञानको प्रक्रियाका यी चरणहरू छन्— पक्षपातरहितता, धारणा शून्यता, अवलोकन आदि । तर अवलोकन हुनै सक्त्तैन यदि हामी पहिल्यैदेखि पूर्वाग्रह राखेर चल्यौ भने । तब हामी त्यही देख्नेछौ“ जे हामी देख्न चाहन्छौ“ । तब हाम्रा आँखाले हामीलाई त्यही देखाइ दिनेछन् जुन हामी देख्न चाहन्छौ“ । असम्भव हुन्छ ।

हाम्रो आँखामा जब कुनै आकृति बसेको भए हामीले त्यसैलाई खोज्नेछौ । हामी त्यही सुन्छौ“ जुन हाम्रो धारणा हुन्छ । हामी त्यही देख्छौ“ जुन हाम्रो धारणा हो । विज्ञानको अनिवार्य चरण हो कि तिम्रो निर्धारणको बाटो हुँदै जाऊ । तिमी पहिल्यैदेखि कुनै आग्रह लिएर नजाऊ । शून्य मन जाऊ । तब अवलोकन हुनेछ । फेरि परीक्षण गर, किनकि अवलोकनबाट केही पनि हुँदैन । जुन कुरा पहिलो पटकको बुझाइमा आएको छ, त्यसलाई चारैतिरबाट जा“च, पर्ख, धेरै प्रयोग गर । जब हरेक प्रयोगमा एउटै नतिजा आउँछ, र कहिल्यै अपवाद हुँदैन, तब कुनै बाटो हुनेछ, तब अनुभव हुनेछ । अनुभवबाट निष्पत्ति हुनेछ । श्रद्धापछि ।श्रद्धा पहिलो पाइला होइन विज्ञानमा । पहिलो पाइला : शङ्का, र अन्तिम पाइला : श्रद्धा ।

जसलाई हामी धर्म भन्छौ, सामान्यतया त्यसमा श्रद्धा पहिलो पाइला हुन्छ । त्यसमा शङ्काको कुनै ठाउँ नै हुँदैन । त्यसैले धेरै बुद्धिमान् मानिसलाई बाध्यतावश अधार्मिक रहनुपर्छ । किनकि यो कुरा उनीहरूको पकडमा आउ“दैन । शङ्कालाई कहाँ लिएर जाने ?  छ भने छ !  र, यदि प्रकृतिले शङ्का दिएको छ भने त्यसलाई काटेर कसरी फाल्ने ? त्यसको कुनै उपयोग हुनुपर्छ ।

बुद्धले अनौठो कुरा भने, ‘‘शङ्काको उपयोग हुन सक्छ । शङ्कालाई श्रद्धाको सेवामा लगाउन सकिन्छ । शङ्का, श्रद्धाको विपरीत होइन । शङ्काको सहारामा श्रद्धा खोज्न सकिन्छ ।’’ यही त विज्ञानले गर्छ, शङ्काको सहारामा खोज्छ । वैज्ञानिक जब एउटा निष्पत्तिमा पुग्छन् तब शङ्काको कारण नै रह“दैन । सबै परीक्षण सकियो, अवलोकन सकियो, सबै तरिकाबाट जा“चेर, पर्खेर सकियो, तब यस्तो पाए । तथ्य । धारण होइन, तथ्य ।’’

बुद्धको एउटा नाम हो ‘तथागत’ । यसको अर्थ हुन्छ, जसले जगतमा तथ्यलाई ल्याए । जसद्वारा जगतमा तथ्य आयो । यसभन्दा पहिला कल्पना थियो, धारणा थियो, विश्वास थियो । तथाको अर्थ हुन्छ तथ्य । जसद्वारा तथ्य जगतमा उत्रियो, जसले सत्यलाई तथ्यको आधारले खोज्नको लागि भन्यो । जसले श्रद्धाको शोध शङ्काद्वारा गर्नको लागि भन्यो । सुन र चाँदीले बनेका जुठा भाँडा सफा गर्नका लागि मैलो खरानीको सहारा लिनुपर्छ । केशर कस्तुरीले कसरी पात्र शुद्ध हुन सक्छ ! बरु मैलो खरानीले शुद्ध गर्न सक्छ । हामी भन्छौ, खरानी त आफै शुद्ध छैन, कसरी शुद्ध गर्न सक्छ ? यस्तै शङ्काको हकमा पनि लागु हुन्छ । माथिबाट देख्नेछौ खरानी, तर यसको उपयोग ग¥यौ भने हाम्रो आत्माको रजत कनकको पात्र यसबाट शुद्ध हुन्छ ।

बुद्धले शङ्कालाई शुद्धिको लागि उपयोग गरे । कलाकार त्यही हो जसले व्यर्थको पनि सार्थक उपयोग गर्छ । गुणी त्यही हो जसले काँडालाई पनि फुल बनाउँछ । काटिदिनु कुनै गुण होइन, उपयोग गर्नु, अझ सिर्जनात्मक उपयोग गर्नु गुण हो । विज्ञान भन्छ, निरपेक्ष रहुँ, कुनै पनि अपेक्षा लिएर सत्यको नजिक नजाऊ । आँखा र मन खाली हुन् जसले गर्दा हामी त्यही हेरौं जुन हो । यथावत । तथावत । हामीले यदि पहिलादेखि नै केही मानेर चल्यौ भने त्यही देख्नेछौ । हाम्रो कल्पनाको प्रक्षेपण हुनेछ । बुद्ध भन्छन्, ‘‘कुनै धारण नसमात । कुनै शास्त्र लिएर सत्यको नजिक नजाऊ । सत्यको नजिक यसरी जाऊ, निर्वस्त्र,नग्न र शून्य । दर्पणजस्तै जाऊ, सत्यको नजिक । तब जे छ त्यही देख्नेछौ । अनि सत्य थाहा पाउनेछौ ।’’

अब दोश्रो कुरातिर लागौ“ । विज्ञानभन्दा पनि कठिन काम बुद्धले गरे । किनकि विज्ञानले भन्छ, वस्तुहरूप्रति निरपेक्ष भाव राख । वस्तुहरूप्रति निरपेक्ष भाव राख्न त सजिलो छ तर स्वयम्प्रति निरपेक्ष भाव राख्न एकदमै कठिन छ । बुद्धले त्यही भने । विज्ञान त बहिर्मुखी छ, बुद्धको विज्ञान अन्तरमुखी छ । अध्यात्मको अर्थ हुन्छ, अन्तरमुखी विज्ञान । बुद्ध भन्छन्, जसरी दोश्रोलाई कुनै धारणा विना देख्छौ, त्यस्तै गरेर आफुलाई पनि विना धारणा देख्नू । यो कठिन छ । किनकि हामी आफूलाई समेत विना धारणा हेर्न सत्तैmनौ“ । हामी सबैले आ–आफनो मूर्ति बनाएर बसेका छौ“ । हामी सबैले हामी को हौ“, कस्ता हौ“, काे हौ“ भन्ने मानिरहेका छौ“ । केही पनि थाहा छैन तर मानिरहेका छौ“ । त्यसैले दिनदिनै दुःख पाउ“छौ“ । किनकि कसैले गाली गरेमा हामीलाई कष्ट हुन्छ । हामीले त मानिरहेका थियौ“, मानिसहरूले हाम्रै पूजा गरून्, तर उनीहरूले पूजाको बदलामा गाली गरिरहेका छन् । कसैले ढुङ्गँले हिर्काएमा हामी क्रोधित हुन्छौ“, किनकि हामीले मानिसहरूले फुलमाला चढाउनेछन् भन्ने सोचेका थियौ“ तर उनीहरू ढुङ्गँ उपहार दिइरहेका छन् । हाम्रो आप्mनै धारणा हुन्छ । हामीले मनमा आप्mनो एउटा स्वर्णप्रतिमा बनाइरहेका छौ“ । कल्पनाको, सपनाको, इन्द्रधनुषी ।

बुद्ध भन्ने गर्थे, ‘‘यी प्रतिमा पनि छोडिदेऊ । होइन भने हामीले आत्म साक्षात्कार गर्न सक्ने छैनौ । तिमी को हौ, यो धारणा छोडिदेऊ । बौद्ध हौ, हिन्दू हौ“, मुसलमान हौ, इसाई हौ या जैन । तिमी को हौ, ब्राह्मण, क्षेत्री, वैश्य, वा शुद्र ? तिमी को हौ, साधु या असाधु ? यी सबै धारणाहरू छाडिदेऊ । तिमी निर्धारण भएर भित्र उत्र । अहिले तिमीलाई  केही पनि थाहा छैन, तिमी को हौ । यी सबै धारणाहरू साना छन् । असाधुको धारणा त व्यर्थ हुँदै हो, साधुको धारणा पनि व्यर्थ हो । किनकि जसलाई भित्र विराजमान पाउनेछौ उनी स्वयम् परमात्मा हुन् । यो तिमी कहाँको सानातिना धारणा लिएर चलिरहेका छौ ? यिनै सानातिना धारणाको कारण नै उक्त विराट देखि“दैन । आँखाहरू यति साना छन् जसमा विराट कसरी समाहित हुन सकोस् रु त्यसैले यदि हामीले आफूभित्र नियालेमा पनि आफ्नै धारणाहरूमा अल्झिरहन्छौ ।

बुद्ध भन्नुहुन्छ, ‘‘भित्र पनि यसरी जाऊ, मानौ“ तिमीलाई केही पनि थाहा छैन । शान्त, मौन, आफनो अज्ञानतालाई धारण गरेर भित्र जाऊ । तब त्यही देखिनेछ, जुन हो र जे देखिनेछ त्यसैले तिम्रो आँखा खोली दिनेछ । ध्यानी आँखा बन्द गरेर ध्यान गर्न बस्छ तर जब ध्यानमा हुन्छ तब आ“खा यसरी खुल्छन् फेरि कहिल्यै बन्द हुँदैन । फेरि सधैँको लागि खुल्लै रहन्छन् ।’’

यी माथि उल्लेखित बुद्धका विचारहरू क्रान्तिकारी छन् । व्यक्ति र समाजको अध्ययन गर्न, बुभन र मन, विवेक र चैतन्यभित्र प्रवेश गर्न उपयोगी छन् । यसैले यी विचारहरू भौतिक विज्ञानभन्दा जटिल र गहिरा छन् । समाज विज्ञानको क्षेत्रमा अध्ययन गर्ने शोधकर्ताले बिना आग्रह पूर्वाग्रह लाग्नुपर्छ । यो कुरा ठूलो पहाडभित्रको सुरुङ्ग्ँ खन्नु र सुरुङ्ग्ँभित्र पस्नु सरह नै हो । जब सुरुङ्ग्ँ भित्रबाट बाहिर आइन्छ, त्यतिबेला बेग्लै अनुभव हुन्छ ।

अझ प्रष्ट्याउदै बुद्ध भन्छन् बुद्धका अनुसार मानव जीवनमा दुःख छ, दुःखको उत्पत्तिको कारण छ, दुःखबाट उत्पन्न भएको अवस्थाबाट पार जानको लागि अष्टाङगीक मार्ग छ । हरेक समस्याको समाधानका उपायहरू हुन्छन् । समाधान हुन नसक्ने कुनै पनि समस्या छैन ।

बुद्ध भन्छन्, ‘‘सुनेको भरमा कुनै पनि चिजलाई विश्वास नगर । परम्परादेखि र पुस्तौदेखि चल्दै आएको भनेर कुनै कुरालाई विश्वास नगर । धेरै जना मानिसहरूले भनिआएको र समाजमा चल्दै आएको रूढिवादी कुरामा विश्वास नगर । कुनै धार्मिक ग्रन्थमा लेखिएको कुरा छ भन्दैमा पनि विश्वास नगर । कुनै शिक्षक वा गुरु अथवा ठूला अग्रजहरूले भनेको भन्दैमा पनि विश्वास नगर । जब तिमी प्रत्यक्ष अवलोकन र कारणसहितको विश्लेषणमा आधारित भएर कुनै चीजमा सहमत हुँदै र तिमी र अरूको पनि असल हित हुन्छ भने मात्र क्वुनै पनि कुरालाई स्वीकार गर र अभ्यास गर ।’’ यो कुरा शोधकर्ताको लागि मार्गदर्शक छ ।

विश्वका समृद्ध भनिएका देशहरू त्यत्तिकै समृद्धिको सफल यात्रातिर लम्किएका हैनन् । यो यात्राप्रतिको विछट्टैको लगाव अनि अनुसन्धान र विकासमा गरिएको राज्यको व्यापक लगानी नै उनीहरूका सफलताका कारक तत्व हुन् । संयुक्त राज्य अमेरिकाको सन् २०२३ को बजेटले वैज्ञानिक आविष्कार, प्रविधिगत ब्रेक थ्रु, तथा नवप्रवर्तनलाई मानव ज्ञान विस्तार तथा एक्काइसौँ शताब्दीका चुनौती र अवसरहरूलाई सम्बोधन गर्ने इन्जिनका रूपमा लिएको छ । उक्त बजेटले अनुसन्धान र विकासलाई २०४.९ बिलियन अमेरिकी डलर छुट्याएको छ । सन् २०२२ मा अमेरिकाको अनुसन्धान र विकासका लागि खर्च कुल गार्हस्थ्य उत्पादनको २.६ प्रतिशत, चीनको ३.१ प्रतिशत, जापानको ३.४ प्रतिशत, दक्षिण कोरियाको ५ प्रतिशत तथा सबैभन्दा धेरै इजरायलको ५.९ प्रतिशत रहेको थियो । तर, अनुसन्धान र विकासको नेपालको सरदर खर्च कुल गार्हस्थ्य उत्पादनको ०.३ प्रतिशत मात्र रहेको एक अध्ययनले देखाएको छ । नेपालीहरु आविष्कार भन्दा पनि चमत्कारमा विश्वास गर्छन् । यस्तो ढङ्गले कहिले देश उभो लाग्ने हो रु त्यही परिवेशमा राजनीति पनि चलेको देखिन्छ । हाम्रो समाज लहै लहैमा चल्न थालेको आभास हुँदैछ । भिड जता लाग्छ सत्य त्यतै हुन्छ भत्र सकिदैन् । केही संचार गृहहरु र सामाजिक सञ्जालले संघिय लोकतान्त्रिक गणतन्त्रप्रति अफवाह फैलाएर भ्रम मात्र सिर्जना गर्न खोजेका छन् । यो झूठको खेती सधै टिक्दैन् । विना गहन अनुसन्धान बोलिएका कुराको केही अर्थ हुँदैन ।
अन्त्यमा,
अनुसन्धानलाई सामान्यतः विकास प्रक्रियाको पहिलो खुड्किलोका रूपमा लिने गरिन्छ । अर्थात्, अनुसन्धानबाट उपलब्ध भएका तथ्यहरूका आधारमा मात्र नीति बनाउनुपर्छ र ती नीतिले विकासका भावी गोरेटो कोर्न सजिलो हुन्छ । त्यही भएर तथ्यमा आधारित नीति निर्माण अहिलेको परिवेशको प्रचलित अवधारणाको रूपमा विकास भएको छ । राज्यको योजना, नीति र रणनीतिक कार्यक्रम शब्दहरूको मिठासमा भन्दा तथ्यको आधारमा खोजिनुपर्छ । तथ्यको उजागर अनुसन्धानबाट मात्र प्राप्त हुन सक्छ । अनुसन्धान र विकासलाई नतिजामुखी बनाउनका लागि विभिन्न चरण हुन्छन् । यसका लागि अनुसन्धानको क्षेत्र पहिचान गर्ने, अनुसन्धान योजना बनाउने, अनुसन्धान गर्ने, अनुसन्धानबाट प्राप्त तथ्यहरूलाई सम्बन्धित क्षेत्रमा आबद्ध गर्ने, परीक्षण गर्ने, परिष्कृत गर्ने, ठूलो स्केलमा लागू हुने गरी विकास गर्ने तथा यसको मूल्य अभिवृद्धिका आधारमा बजारीकरण गर्नेजस्ता चरण पार गर्नुपर्छ । दीर्घकालीन रूपमा नीतिगत हस्तक्षेप गरी अन्तरतह तथा अन्तरनिकाय समन्वय हुने गरी अनुसन्धान र विकासका कामलाई अघि बढाउनुपर्छ । यसमा विश्वविद्यालय, निजी क्षेत्र, सहकारी र नागरिक समाजलाई समेत सरकारले समेट्नुपर्छ । अनुसन्धानबाट प्राप्त प्रमाणित ज्ञान राष्ट्र, श्रमजीवि जनता, प्रकृति संरक्षण, पारिस्थितिक प्रणालीको सन्तुलन, आर्थिक तथा सामाजिक रुपान्तरण, सामाजिक न्याय र समानतामूलक समाज निर्माण, दिगो विकास, शान्ति, सुशासन र सम्वृद्धितर्फ उपयोग गर्नुपर्ने हुन्छ ।
अस्तु१

 

वि.सं.२०८२ असार ८ आइतवार १७:३७ मा प्रकाशित

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो...

What Nepal Can Learn from China’s Agricultural Transformation

What Nepal Can Learn from China’s Agricultural Transformation

When people think about China's agricultural transformation, they often imagine...

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

लोकतन्त्रमा कुनै पनि सार्वजनिक संस्थाको आलोचनाभन्दा ठूलो मित्र अरु हुँदैन।...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...