back

नेप्से परिसूचक सामान्य गिरावट

वि.सं.२०८२ असार १० मंगलवार

225 

shares
IME Limited
NTC AD

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव २२ अङ्कले घटेर दुई हजार छ सय दशमलव ५३ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय १६ कम्पनीका एक करोड ३८ लाख १८ हजार ५५९ कित्ता शेयर ६२ हजार ७५५ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ७६ करोड ७८ लाख ९५ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव ४४, लगानी शून्य दशमलव २७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४२, लघुवित्त शून्य दशमलव १९ र म्युचुअल फन्ड शून्य दशमलव २७ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

विकास बैंक शून्य दशमलव ४२, वित्त शून्य दशमलव ७४, होटल तथा पर्यटन शून्य दशमलव, जलविद्युत् शून्य दशमलव ४४, जीवन बीमा शून्य दशमलव १२, निर्जीवन बिमा शून्य दशमलव ३१, व्यापार शून्य दशमलव ०९ र अन्य समूह शून्य दशमलव ११ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै आठ दशमलव ०१ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने एनआइसी एसिया डिभेन्चर २०८५÷८६ को शेयर मूल्य पाँच दशमलव १७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै बुटवल पावर कम्पनी लिमिटेडको २७ करोड ६५ लाख ९० हजार ९७७ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने शिवश्री हाईड्रोपावर लिमिटेडको छ लाख ९६६ कित्ता शेयर खरिदबिक्री भएको छ ।
–––

वि.सं.२०८२ असार १० मंगलवार १६:०४ मा प्रकाशित

सरकारको एक वर्षः अर्थतन्त्रको शिथिलता अन्त्य गर्न कति सक्षम ?

सरकारको एक वर्षः अर्थतन्त्रको शिथिलता अन्त्य गर्न कति सक्षम ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष साउन ६...

३५ अंकले घट्यो नेप्से, कारोबार रकम पनि झण्डै तीन अर्ब कम

३५ अंकले घट्यो नेप्से, कारोबार रकम पनि झण्डै तीन अर्ब कम

काठमाडौंं । साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक (नेप्से)...

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा उल्लेख्य काम

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा उल्लेख्य काम

काठमाडौँ । वर्तमान सरकार गठन भएको एक वर्ष भएको छ।...

बैंकिङ्ग क्षेत्र चम्किंदा २९ अंकले बढ्यो नेप्से, कारोबार रकम पनि उच्च

बैंकिङ्ग क्षेत्र चम्किंदा २९ अंकले बढ्यो नेप्से, कारोबार रकम पनि उच्च

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक (नेप्से)...

यो साता सेयर बजार सामान्य बढ्यो, जलविद्युत कम्पनीको दबदवा कायमै

यो साता सेयर बजार सामान्य बढ्यो, जलविद्युत कम्पनीको दबदवा कायमै

काठमाडौं । यो साता सेयर कारोबार परिसूचक (नेप्से) सामान्य अंकले...

नेप्से परिसूचक २२ अङ्कले घट्यो

नेप्से परिसूचक २२ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अङ्कको गिरावट...