back
CTIZAN AD

शिक्षकले राजनीति छाडेर पठनपाठनमा केन्द्रित हुनुपर्ने

वि.सं.२०८२ असार ११ बुधवार

1.1K 

shares

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले प्रदेशका शिक्षाको अवस्था चिन्ताजनक रहेको बताएका छन् ।

मधेस प्रदेश सरकार, शिक्षा तथा संस्कृति मन्त्रालयद्वारा जनकपुरधाममा आज आयोजित राष्ट्रिय शिक्षा सम्मेलनमा मुख्यमन्त्री सिंहले गुणस्तरीय शिक्षा सेवा प्रवाहमा सङ्घीय सरकारको पनि उत्तिकै भूमिका रहने बताए । प्रदेशका शिक्षक र शिक्षिका जनताप्रति समर्पित, जवाफदेही र बफादार हुँदै काम, कर्तव्य निर्वाह गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

शिक्षा तथा संस्कृतिमन्त्री रानीकुमारी शर्मा तिवारीले शिक्षकहरुले राजनीति छाडेर आफनो पेसाप्रति इमान्दार भए अध्यापन गराउन आग्रह गरिन् । प्रदेश सरकार भौतिक पूर्वाधार तथा विकासमन्त्री सरोजकुमार यादवले मधेसको शिक्षाको स्तर खस्नुमा शिक्षक तथा अभिभावक बढी जिम्मेवार भएको बताइन् ।

प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री कौशल किशोर रायले मधेसको शिक्षाको सुधारका लागि प्रदेश सरकारको एक्लो प्रयासले मात्रै सम्भव नहुने उल्लेख गर्दै तीन वटै तहका सरकार मिलेर काम गर्नुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा मधेस प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा सोहन साह, शिक्षा तथा संस्कृति मन्त्रालयका निमित्त सचिव दिलिप ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता एवं प्रदेशसभा सदस्य कञ्चन विच्छासहितका वक्ताले धारणा राखेका थिए ।

कार्यक्रममा मधेस प्रदेशभरिका प्रधानाध्यापक, प्राचार्य, शिक्षा अधिकारी, सचिव, निर्देशक, विज्ञ र सरोकारवाला निकायहरुको उल्लेख्य सहभागिता रहेको छ । त्यस अवसरमा सरोकारवाला विज्ञहरुद्वारा पाँचवटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

 

वि.सं.२०८२ असार ११ बुधवार १२:१४ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...