back
CTIZAN AD

सर्वोच्चमा सिफारिस न्यायाधीश र न्यायपरिषद् सदस्यको सुनुवाइ सकियो

वि.सं.२०८२ असार १६ सोमवार

729 

shares

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित तीन न्यायाधीशको सुनुवाइ सम्पन्न गरेको छ । यस्तै न्यायपरिषद्का एक सदस्यको पनि सुनुवाइ सकिएको छ । समितिको आज सिंहदरबारमा भएको बैठकले प्रस्तावित न्यायाधीश शान्तिसिंह थापा र न्यायपरिषद् सदस्य महेश नेपालको सुनुवाइ गरेको हो । समितिले आइतबार सर्वोच्चका लागि प्रस्तावित न्यायाधीश मेघराज पोखरेल र श्रीकान्त पौडेलको सुनुवाइ गरेको थियो ।

प्रस्तावित न्यायाधीश पदका तीन सदस्य र न्याय परिषद्को प्रस्तावित एक सदस्यसहित चारै जनाको सुनवाइ सम्पन्न भएको र निर्णयभने अर्को बैठकबाट हुने समितिका सहसचवि निर्मलादेवी लामिछाने वस्तीले जानकारी दिए ।

सुनुवाइ क्रममा प्रस्तावित न्यायाधीशहरूले योग्यता, क्षमता, रुची, सोच र अवधारणा प्रस्तुत गरेका थिए । उनीहरूले संविधान, कानुनको सीमाभित्र रहेर निष्पक्ष रूपमा न्याय सम्पादन गर्ने प्रतिबद्धता जनाए । यस्तै न्याय परिषद्का सदस्यले आफ्नो योग्यता, कार्यक्षमता, सोच र अवधारणा प्रस्तुत गर्दै संविधान र कानुनको सीमाभित्र रहेर न्यायसम्पादन गरिने विश्वास व्यक्त गरे ।

वि.सं.२०८२ असार १६ सोमवार १५:४५ मा प्रकाशित

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३०...